विराटनगर

विराटनगरमा ११ हजार भोल्टको हाईटेन्सन लाईनमा करेन्ट लागेर वृद्धको मृत्यु

विराटनगर, ९ जेठ । विराटनगर –१० स्थित न्युरो अस्पताल नजिकै करेन्ट लागेर विहिबार दिउँसो एक वृद्धको मृत्यु भएको छ । ७२ वर्षीय काँशीनाथ ताम्राकारको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नै २ तले घरको छत नजिकैबाट लगिएको हाइटेन्सन लाइनमा करेन्ट लागेर ताम्राकारको घटनास्थलमै मृत्यु भएको �. . .


एडिबीको डेढ खर्बको लगानीमा प्रदेश १ मा मेगासिटी बन्दै, राजमार्ग आसपासका क्षेत्र समेटिने

विराटनगर, ९ जेठ ।  प्रदेश नम्बर एकमा डेढ खर्बको लगानीमा मेगासिटी बन्ने भएको छ। महेन्द्र राजमार्ग र कोशी राजमार्ग छेउछाउको भूभागलाई एउटै मेगासिटी बनाउन एसियाली विकास बैङ्कले डेढ खर्ब लगानी गर्ने भएको हो। मोरङ, सुनसरी र झापा जिल्लाअन्तर्गत तराइको भूभागमा पर्ने मुख्य राजमार्ग छेउछाउको भूभागलाई एउटै म. . .


फलोअप–विराटनगर–ईटहरी ६ लेन सडकको लापरवाही, सडक बिचका पोल उखेलिने

विराटनगर, ९ जेठ । रानी–बिराटनगर–ईटहरी–धरान ६ लेन सडक अन्तरगत निर्माणको काम जारी छ । त्यही क्रममा कतिपय कामहरु धमाधम भईरहेको छ भने केही कामहरु झारो टार्ने खालका देखिएका छन् । नमुना ब्यापारिक मार्ग निर्माणको काम एक त ढिला भएको छ भने भएको काममा पनि मनलाग्दी हुन थालेको समाचार आवर विराटनगर डट नेटमा आएपछि ब�. . .


बिराटनगरमा पनि अन्य घर भन्दा ५०% कम खर्च र कम समयमा घर निर्माण गर्न सकिने प्रबिधि

बिराटनगर जेठ ९ , अहिले संसारभर निर्माण सामग्री उत्पादन गर्दा सकेसम्म कम प्राकृतिक स्रोत–साधनको उपयोग हुनुपर्छ भन्ने मान्यताको विकास भएको छ । यस हिसाबले नेपालमा पनि निर्माण सामग्री उत्पादनमा कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुनुपर्छ भन्ने मान्यताका साथ बिराट प्यानल संचालनमा आएको छ । यसका फाइदाहर�. . .


आज बिराटनगरको मौसम यस्तो छ , मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

बिराटनगर , जेठ ९ । पश्चिमी वायुको प्रभावले बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथ�. . .


पुष्प थापाको कप्तानीमा प्रदेश न १ को क्रिकेट टिम छनोट , यस्तो छ प्रधानमन्त्री कप खेल्ने टिम

बिराटनगर जेठ ९ ,  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश न १ को टिम छनोट भएको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा जेष्ठ १०-२५ सम्म सन्चालन हुँदै गरेको प्रधानमन्त्री कप एकदिवसीय  राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ७ प्रद�. . .


झापाबाट १७ किलो लागु औषध चरेससहित तीन जना पक्राउ

झापा, ९ जेठ । झापाको काँकडभिट्टाबाट १७ किलो लागु औषध चरेससहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर– ८ का सञ्जय दर्जी, मनोज दर्जी र धनकुटा पाख्रीबास–४ का राजकुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । चरेससहित उनीहरूला�. . .


विराटनगर पिपलचोकको लक्ष्मीनारायण मन्दिरमा खतिवडा

विराटनगर, ८ जेठ । विराटनगर पिपलचोक स्थित लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा कुमार खतिवडा चयन भएका छन् । समितिको उपाध्यक्षमा गोविन्द खनाल , शम्भु सुवेदी, महासचिवमा मनोजकुमार पोखरेल, सचिवमा मनोज भट्टराई र कोषाध्यक्षमा देवराज सुवेदी चयन भएका छन् ।समितिका सदस्यहरूमा दुर्गा पोखरेल, युवर. . .


घरेलु कामदारको रुपमा राखिएकी ८ बर्षिय बालिकाको विराटनगर ११ जनपथबाट उद्दार

सुमन सुस्केरा विराटनगर, ८ जेठ । विराटनगरमा बालबालिका श्रमिकको रुपमा नरहेको भनिएको लामै समय बिति सकेको छ । बिराटनगर महानगरपालिका बालमैत्री नगर घोषणा भएसँगै बाल श्रमिक नभएको भनी बाहिर आएको भएपनि लुकीछिपी बालबालिकालाई घरेलु कामदारको रुपमा राख्ने गरेको पाईएको छ । घरेलु वालश्रमिकको रुपमा प्रयोग गरिँद. . .


सेवाग्राहीसँग घुस लिने ईटहरीका सव–ओभरसियर राम खड्का निलम्बनमा

विराटनगर,  ८ जेठ । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा भेटिएका इटहरी उपमहानगरपालिकाका सव–ओभरसियर राम खड्का निलम्बनमा परेका छन् । बुधवार घरसम्पन्नको प्रमाणपत्र लिनेक्रममा सेवाग्राहीबाट घुस रकम लिएपछि खड्कालाई उपमहानगरका मेयर द्वारिकलाल चौधरीले कठालोमा समात्दै कार्यालयबाट निस्काशन गरेका हु. . .


विराटनगरको मेरिल्याण्ड कलेज तीनवटै विधामा नेपाल प्रथम

विराटनगर, ८ जेठ । विराटनगरको रङ्गेली रोडमा रहेको मेरिल्याण्ड कलेज २०७५ सालको तीनवटै विद्यामा नेपाल प्रथम भएको छ । बि.स. २०५९ सालमा स्थपना भएको कलेजले देशभरिकै ४ हजार भन्दा बढी उ.मा.वि. मध्ये मेरिल्याण्डले पहिलो स्थानमा परेको छ । २०७५ सालको कक्षा ११ को नतिजामा छात्रा पुजा शाह र निशाा पोखरेलले समान ३.९२ जी. . .


कोलकाताबाट रक्सौल र विराटनगर आइरहेको कार्गोमा विद्युतीय डिभाइस लगाउने

विराटनगर, ८ जेठ । ट्रान्ससिपमेन्ट मोडल अन्तर्गत कोलकाताबाट रक्सौल र विराटनगर आइरहेको कार्गोमा विद्युतीय डिभाइस लगाउने भारतीय कम्पनी ट्रान्स सेक्युरले विराटनगर, वीरगञ्ज र कोलकातामा कल सेन्टरको स्थापना गर्ने भएको छ। नेपालस्थित एसियाली विकास बैंकका भन्सार विज्ञ श्याम दाहालसित भएको बैठकमा ट्रान्स �. . .