विराटनगर

स्काउटको स्थानीय आयुक्तमा नवीन पहाडी नियुक्त

विराटनगर । नेपाल स्काउट विराटनगर महानगरको स्थानीय आयुक्तमा स्काउटर नवीन पहाडी नियुक्त भएका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पहाडीलाई आइतबार स्थानीय आयुक्तमा मनोनित गरेका हुन्। नेपाल स्काउट ऐन २०५० (केही संशोधन) र नेपाल स्काउट नियमावली २०७७ मा नेपाल स्काउट महानगर स्थानीय परिष. . .


मोरङमा माघसम्ममा ४२ जनाले त्यागे नेपाली नागरिकता

इन्दु साह विराटनगर । मोरङमा यो वर्षको माघसम्ममा ४२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । अन्य देशको नागरिक बनेपछि नेपालको नागरिकता त्याग्नेको संख्या यो वर्ष, गत र अघिल्लो वर्षको तुलनामा धेरै देखिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङको तथ्यांक अनुसार २०८० को १० महिनामा ४२ जनाले नागरिकता परित्य. . .


झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो मोरङको केराबारी गाउँपालिका-१० स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह (पीआइटी) र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएक�. . .


इस्कोनले विराटनगरमा भोलि रथयात्रा निकाल्ने

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले भोलि फागुन ७ गते विराटनगरमा रथयात्रा निकाल्ने भएको छ । इस्कोनको मोरङ जिल्ला समिति र विराटनगर महानगर समितिले पत्रकार सम्मेलन गरी रथयात्रा निकाल्ने तयारी पूरा भएको जनाएका छन् । इस्कोन मोरङका अध्यक्ष क्रान्तिस शर्मा र विराटनगर समितिका . . .


जेनिथ इन्टरनेशनल कलेजद्वारा उद्योगी घिमिरेसहित ६ जना सम्मानित

विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगी भीम घिमिरेसहित ६ जनालाई सम्मान गरेको छ । वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका घिमिरेसहित ब्रम्हाकुमारी राजयोगकी ब्रम्हाकुमारी गीता ख्वाखली, शिक्षासेवी सहप्रध्यापक राधेश्याम राठीलाई सम्मान . . .


विराटनगर–१३ मा सँधियारबीचको बाटो विवाद : उच्च अदालतको आदेश अवज्ञा गर्दै विस्तार जारी

विराटनगर । विराटनगर–१३ का वडा अध्यक्ष सुर्यलाल यादवले उच्च अदालत विराटनगरको अल्पकालिन अन्तरिम आदेश अवज्ञा हुनेगरि विवादीत जग्गामा सडक विस्तार तथा नाला निर्माणको काम गरेका छन् । बाटोको विषयमा सँधियारबीच भएको विवाद महानगरपालिकाको न्याययिक समिति हुँदै जिल्ला अदालत र उच्च अदालतसम्म पुगेको थियो । वि. . .


विज्ञान प्रदर्शनीले विद्यार्थीमा खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गरेको छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थी. . .


अन्तर-स्कुल क्रिकेट प्रतियोगिता : सरस्वती र सत्यनारायण स्कुल विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर-स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती मावि र सत्यनारायण मावी विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकेडेमीलाई ४८ रनले पराजित गरेको छ । टस ज�. . .


पूर्व शिक्षकलाई सम्मान गर्दै नमुना विद्या मन्दिरले मनायो अभिभावक दिवस

विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोलास्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा नमुना विद्या मन्दिरले दुई जनालाई सम्मान समेत गरेको छ । नमुना विद्या मन्दिरमा लामो �. . .


यु–१८ मेयर कप बास्केटबल प्रतियोगितामा सहभागी जनाउने विराटनगरका खेलाडीको विदाई

विराटनगर । कीर्तिपुर नगरपालिकाले आयोजना गरेको दोस्रो राष्ट्रव्यापी अन्तर स्थानीय तह यु–१८ मेयर कप बास्केटबल प्रतियोगितामा सहभागी जनाउन लागेका खेलाडीहरुको विदाई गरिएको छ । विराटनगर महानगरपालिका र कोशी प्रदेश बास्केटबल संघले एक कार्यक्रमको आयोजना गरी २ जना प्रशिक्षकसहित १२ जना खेलाडीलाई विदाई गर�. . .


उत्कृष्ट राससकर्मी पुरस्कार मनोज दाहाललाई

विराटनगर । राष्ट्रिय समाचार समितिले पत्रकार मनोज दाहाललाई उत्कृष्ट राससकर्मी पुरस्कार प्रदान गरेको छ । सरकारी समाचार संस्था राससको ६३ औँ स्थापना दिवसको अवसरमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा दाहाललाई पुरस्कृत गरिएको हो । दाहाल विराटनगरलाई कार्यक्रम क्षेत्र बनाएर राससका लागि काम गरिरहेका �. . .


कृष्ण भूषण बल स्मृति प्रतिष्ठानद्वारा तीन जना स्रष्टा पुरस्कृत

विराटनगर । कवि कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो । कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ कवि शैलेन्द्र साकार, गजलकार विवश बलिभद्र कोइराला र कवि उमेश लुइँटेललाई सम्मान गरेको ह�. . .