पुर्व

खोलामा माछा मार्नेक्रममा करेन्ट लागेर मृत्यु

झापा, आषाढ २७ झापाको दमकस्थित दिपनी खोलामा माछा मार्न गएका एक युवकको  बिहान करेन्ट लागेर मृत्यु भएको छ। दमक नगरपालिका १४ का ३८ वर्षिय मदन पाँचकोटीको आफ्नै घर नजिकै रहेको दिपिनी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली. . .


जन्मदिनमा बाल गृहलाई सहयोग

  उर्लाबारी । मोरङको उर्लाबारी-६ मंगलबारेका ३८ बर्षिय हेमन्त खतिवडाले जन्मदिनको अवसर पारेर नमूना बाल गृहलाई खाद्यान्य सहयोग गरेका छन् । उर्लाबारी 4 स्थित नमूना बाल गृहलाई ५ हजार बराबरको खाद्यान्य सामाग्री सहयोग गरेका हुन् । खतिवडाले एक क्वीटल चामल र दुई कार्टुन चाउचाउ गृहका सचिब जीबन घिमिरेलाई हस्. . .


लिम्बुवान प्रदेश हुनुपर्छ : गजुरेल

  प्रयास लिम्बू । ताप्लेजुङ,२७ असार । एकीकृत नेकपा माओवादी कोषाध्यक्ष हरिबोल गजुरेल ‘शितलकुमार’ ले नयाँ नेपालको आठ प्रदेशमध्ये लिम्बुवान एउटा प्रदेश बनाउनुपर्ने बताएका छन् । लिम्बुवानको आफ्नै इतिहास तथा पृथक पहिचान भएका कारण लिम्बुवान प्रदेश अनिवार्य बनाउनुपर्ने गजुरेलले बताएका हुन् । सदरमुक�. . .


सुनसरीमा मासु पसलहरुको अनुगमन

इनरुवा, २७ असार : सुनसरीको झुम्कामा सञ्चालित मासु पसलहरुको आइतबार अनुगमन गरिएको छ । मानवीय स्वास्थमा प्रतिकूल असर पु¥याउने किसिमले मासु बिक्री हुने गरेको गुनासो आएपछि पूर्वेली कुखुरा उत्पादक व्यवसायी संघको अगुवाइमा प्राविधिक, प्रहरी र उपभोक्ता अधिकारवादीहरुले संयुक्त टोलीले मासु पसलहरुको अनुगमन ग. . .


प्रहरी नायव निरीक्षकको मृत्यु

ईलाम, आषाढ २७ ईलाम जिल्लास्थित एक बिधालयमा शिक्षा सेवा आयोगको परिक्षामा खटिएका एक प्रहरी नायव निरीक्षकको शनिबार अचानक मृत्यु भएको छ। सप्तरीको हर्दिया गाविस घर भई पुनरावेदन अदालत गार्ड ईलाममा कार्यरत प्रनानि लालु प्रसाद माझीको इलाम नगरपालिका २ स्थित गृन भ्याली स्कुलमा मृत्यु भएको हो। परिक्षा केन�. . .


कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ, आषाढ २७ मोरङको सिजुवास्थित इटहरा-उर्लाबारी सडक खण्डमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट शनिबार मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा को. १६ प ३९६५ नं. को मोटरसाइकलका चालक मोरङ इटहरा ६ बस्ने २२ वर्षिय पदम प्रधान रहेका छन्। नम्बर नखुलेको कारले ठक्कर दिएर गम्भिर घाइते भएका उन�. . .


बेवारिसे अवस्थामा १० किलो गाँजा बरामद

सुनसरी, आषाढ २६ सुनसरीको श्रीपुरबाट प्रहरीले बेवारिसे अवस्थामा १० किलो गाँजा बरामद गरेको छ। प्रहरी चौकी श्रीपुरबाट खटिएको प्रहरी टोलीले श्रीपुर १ स्थित भारतीय सिमानामा बेवारिसे एक झोलाभित्र लागुऔषध गाँजा फेला पारेको हो। बिहान करिब १० बजे गस्तीमा रहेको प्रहरीले बेवारिसे छाडिएको झोला खोली हेर्दा. . .


इटहरीलाई सफा सहर बनाउने अभियान

इटहरी, २६ असार : सुनसरीको इटहरीबासी पछिल्लो समय सरसरफाइप्रति निकै सचेत बन्दै गएका छन् । इटहरीवासीले विभिन्न संघ–संस्थामा संलग्न भएर इटहरीलाई सफा सहर बनाउने अभियान नै सञ्चालन गरेका छन् । जसका कारण इटहरी पूर्वकै सुन्दर र सफा सहरको रुपमा चिनिन थालेको छ । एक सय २९ हप्ता अगाडि किप इटहरी क्लीन नामक संस्थाले �. . .


अमरदहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

प्रेम देवान विराटनगर २६ असार । मोरङको अमरदह बाल क्लव सञ्जालले विद्यार्थीलाई सम्मान तथा खेलकुद छात्रवृत्ति प्रदान गरेको छ । क्लवले अमरदह गाविस भरी रहेका निजी, समुदायिक तथा मदरसा गरी १० विद्यालयका ४६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । क्लवले स्कुलमा अध्ययनरत अपाङग दलित जेहेन्दार विद्�. . .


चाउचाउ बोकेको ट्रक पल्टिंदा एक घाइते

प्रेम देवान विराटनगर २६ असार । पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको चन्द्रअयोध्यापुरमा आज बिहान चाउचाउ बोकेको ट्रक पल्टिंदा एक जना घाइते भएका छन् । घाइते हुनेमा ना.२ ख ६४१६ नं. ट्रकका चालक धादिङ गजुरी २ का २९ वर्षिय सोम बहादुर तामाङ रहेका छन् । बिराटनगरबाट चाउचाउ लिएर पश्चिमतर्फ जादै गरेको उक्त ट्रक �. . .


बचाउन सकिएन मोतीप्रसादलाई

उर्लाबारी, क्यान्सरबाट पीडित मोरङ राजघाट ७ भोटेपुलका मोतीप्रसाद खतिवडाको दुखद् निधन भएको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालबाट उपचार सम्भव नभएपछि फर्काइएका मोतिप्रसादको शुक्रबार विहान ९ः४५ मा आफ्नै घरमा दुखद् निधन भएको हो । क्यान्सरको उपचारका लागि मोतिप्रसादलाई मोरङका विभिन्न अस्पताल हुँ�. . .


महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउन कुचो बनाउने तालिम

  उर्लाबारी, २५ असार÷महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने र महिला सशक्तिकरणमा सहयोग पु¥याउने उद्देश्यले मोरङको दुई छुट्टाछुट्टै स्थानमा कुचो बनाउने तालिम सम्पन्न गरिएको छ । मोरङको टाँडी र सिँहदेवीमा दुई–दुई दिने कुचो बनाउने तालिम सम्पन्न भएको हो । जिल्ला विकास समिति मोरङको सहयोगमा तथा नारी जागर�. . .