पुर्व

इलाममा अकबरे खुर्सानीको व्यवसायिक खेती फस्टाउँदै

इलाम असोज १५। इलाममा अकबरे खुर्सानीको व्यवसायिक खेती फस्टाउँदै गएको छ । परम्परादेखि मसला बालीको रुपमा छिटपुट मात्रै खेती गर्दै आएका किसानले पछिल्लो समयमा धान, मकै, कोदोलगायतका अन्नबाली लाग्ने जमिनमा पनि अकबरेको व्यावसायिक खेती गर्न थालेका हुन् । अन्नबाली भन्दा कम मेहनत र लागतले अकबरे खेतीबाट राम�. . .


आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई १० वर्ष कैद सजाए

भोजपुर असोज १५ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई जिल्ला अदालत भोजपुरले १० वर्ष कैद सजाएको फैसला गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका हर्कबहादुर राईलाई अदालतले १० वर्ष कैद सजाएको फैसला गरेको हो । जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसल. . .


झापामा ठूलो परिमाणको मरिच सहित २ पक्राउ

झापा,  १५ असाेज । झापाको मेचीनगर नगरपालिका-४ प्रसाद गौडा स्थित मदन पाण्डेको घरबाट प्रहरीले ठूलो परिमाणको मरिच सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकडभिट्टबाट खटिएको टोलीले २ लाख ५६ हजार ५ सय मूल्य बराबरको ४ सय ५० किलो मरिच सहित मेचिनगर नगरपालिका-७ बस्ने वर्ष ४५ को गोपाल बुढाथोकी र बर्. . .


भोजपुरमा अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो

भोजपुर (रासस) । अरुण गाउँपालिका –६ मा पर्ने अरुण नदीको किनारमा तीन वर्षदेखि अवैध रुपमा सञ्चालनमा आएको क्रसर उद्योग अझै कानुनी दायरामा आएको छैन । लेगुवा – भोजपुर सडक कालोपत्रे योजनाका लागि भन्दै विनाअनुमति क्रसर उद्योग सञ्चालन भइरहेको हो । तत्कालीन जिल्ला विकास समितिले पटक पटक कानूनी दायरामा आउनका ल�. . .


राजविराज कारागारका एक कैदीको मृत्यु

सप्तरी असोज १५ । राजविराज कारागारका एक कैदीको आइतबार मृत्यु भएको छ । चोरी मुद्दामा ९ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कैद जीवन बिताइरहेका छिन्नमस्ता गाउँपालिका, लोखरम टोलका ३८ वर्षीय सन्तोष साहको उपचारका क्रममा मृत्यु भएको हो । कारागारका निमित्त जेलर सत्यनारायण यादवले साहको गजेन्द्रनारायण सि�. . .


पाँचथरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

फिदिम असोज १५ । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहारलगायत नजिकिएका चाडपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाइ लागू गरेको हो । चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको र यसअन्तर्गत दुर्घटना रोकथाम, �. . .


धनकुटामा जिप दुर्घटना हुँदा  दुईजनाको मृत्यु

धनकुटा असोज १५ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा जिप दुर्घटना हुँदा  दुईजनाको मृत्यु भएको छ। सोमबार बिहान साँगुरीगढी गाँउपालिका–१० तम्राङबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ज १८२१ नम्बरको जिप साँगुरीगढी गाउँपालिका–९ हर्दियामा दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा साँगुरीगढी गाँउपालिका–१० क. . .


उदयपरुखबाट लडेर महिलाको मृत्यु

उदयपुर, १४ असाेज। उदयपुरको त्रियुगा नगरपालिका-७ मा आईतबार बिहान रुखबाट लडेर १ महिलाको मृत्यु भएको छ । बिहान करिव ११ बजेको समयमा दाउरा काट्न जंगल गएकी बर्ष ३० की तारा बस्नेत रुखमा चढेर दाउरा काट्ने क्रममा अचानक लडेर मृत्यु भएको प्रहरी चौकी सुकौराले जनाएको छ ।. . .


सुनसरीकाे बराहमा सर्पदंशबाट महिलाको मृत्यु

सुनसरी, १४ असाेज। सुनसरीको बराह नगरपालिका-१ काे कोलेनीमा  सर्पदंशबाट १ महिलाको मृत्यु भएको छ ।  घर बाहिर आँगनमा निस्किएको बेला सर्पले टोकेर सोही स्थान बस्ने ४१ बर्षीया उषा दाहालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । सर्पले टोकेर घाईते भएकी दाहाललाई ईटहरी स्थित आर्मी व्यारेकमा. . .


निर्मला हत्या प्रकरण : एसपी विष्ट, उनका छोरा र मेयरका भतिजा तीनै जनाको डीएनए मिलेन

कञ्चनपुर असोज १४  । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्यामा संलग्नको पहिचानका लागि गरिएको डिएनए परीक्षणमा एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट�. . .


ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि समिट एयरले उडान गर्ने

ताप्लेजुङ असोज १४ ।  ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि समिट एयरले उडान गर्ने भएको छ । गत चैतदेखि समिटले उडान स्थगित गरेको थियो । सातामा एक दिन सोमबार उडान गर्न लागेको एयर लाइन्सका ताप्लेजुङ प्रतिनिधिले बताएका छन् । समिटिले भाडादर भने ७ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । यसअघि यहाँ नेपाल �. . .


अाफ्नै छाेरीलार्इ बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक पक्राउ

अाेखलढुंगा असोज १४ । अाफ्नै छाेरीलार्इ बलात्कार गरेको आरोपमा ओखलढुंगा सुनकोशी गाउँपालिका ७ केउरीनीका ३६ एक पुरुष पक्राउ परेका छन् । पीडितकाे परिचय खुल्ने भएकाले उनकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छैन । करणी गरेर भागेका उनलाई एक घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारिएकाे थियाे । यस्तै सुनसरी धरान. . .