मंगलबारे, इलाम, वैशाख २५ गते । गाडीमा आगजनी गरेको आशंकामा इलाम प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरीले इलाम नगरपालिका–३ जौवारीका काजीमान सुनुवार, सूर्योदय नगरपालिका–१२, आइतबारेका लाक्पा शेर्पा, इलाम नगरपालिका–३ बस्ने चन्द्र थापा र इलाम नगरपालिका–३ पूवामझुवाका समिर भन्ने सञ्जीवकुमार राईलाई सो�. . .
काठमाडौँ, रासस। नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन न. . .
बिराटनगर बैशाख १५ , लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा सर्लाहीको लालबन्दी र मोरङको बेलबारीमा दुई नयाँ शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ । थप शाखाहरुसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ८०, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग अनि ४०० भन्दा . . .
झापा , बैशाख २५, शिवसताक्षी–१० स्थित कनकाई पुल नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७ प ८०९९ नंको मोटरसाइकल पछाडि सवार दमक–५ की ३० वर्षीया सविना राईले घाइते भएकी छन् । राई आफैँले लगाएको सल पछाडिको चक्कामा बेरिएपछि मोटरसाइकलबाट लडेर उनी घाइते भएको जिप्रका, झापाले जनाएको छ । घाइते राईको बिएण्डसी �. . .
झापा बैशाख २५ , घाँस काट्ने क्रममा बाह्रदर्शी गाउँपालिका–५ कट्टडाँगीका १७ वर्षीय सद्दाम हुसेनको बायाँ हात काटिएको छ । सोही स्थानका दिनेश थापाको गाई फार्ममा मेशिनमा घाँस काट्ने क्रममा हुसेनको बायाँ हातको कुहिनादेखिको तलको भाग काटिएको प्रहरीले जनाएको छ । हुसेनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा �. . .
बनियानी, झापा (रासस) । झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड–७ स्थित बुधबारे हटियाको गोस लाइनमा नाम थर नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त पुरुष सोही स्थानमा म�. . .
खोटाङ, वैशाख २४ । एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२, सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ । स्थानीय धननारायण श्रेष्ठका १२ वर्षीय छोरा सुमन, जीवन माझीका १० वर्षीय छोरा समिन र ध्रुव माझीका ११ वर्षीया छोरी अनिता माझी गत शनिबार दिउँसोदेखि सुनकोसी नदीमा डुब�. . .
दमक । झापाको दमकमा अन्तरजातीय विवाह भएको छ । दलित परिवारको किशोरी र मधेशी परिवारको किशोरविच शनिवार धुमधाम विवाह भएको हो । अन्तरजातीय मागी विवाह गर्नु नेपाली समाजको लागि ठुलो परिवर्तन मान्न सकिन्छ । दमक–३ दोधारेकी २३ वर्षीया लिजा शिलवाल विश्वकर्मा र नारायणघाट नगरपालिकाका २५ वर्षीय यादव महत चौधरी विच. . .
सिरहा, बैशाख २४ । सिरहामा अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेका छन् । अर्नमा गाउँपालिका १ बुढियाचामका २२ बर्षीय धर्मेन्द्र सिंहको हत्या भएको हो । मोटरसाइकलमा आएका तीन जनाको समूहले गोली हानी हत्या गरेर फरार भएको स्थानीयले बताएका छन् । घर नजिकको किराना पसलमा बसिरहेका बेला सिंहमाथि आक्रमण भए�. . .
२४ वैशाख, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रेमा मानव कंकाल फेला परेको छ । सदरमुकाम गाइघाटदेखि झण्डै ६५ किलोमिटर पश्चिम साबिक बर्रे गाविस १ को भीरमा लुगा र चप्पलसहितको मानव कंकाल भेटिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सो कंकाल डेढ वर्षअघि हराएका उदयपुरगढी गाउँपालिका ४ (साबिक डुम�. . .
इनरुवा, वैशाख २४ गते । जिल्लाको गढी गाउँपालिका–२ औरावनीलाई आइतबार जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा गरिएको छ । गढी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजना र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इटहरी सुनसरीको सहआयोजनामा यस २ नम्बर वडालाई छुवाछूत मुक्त वडा घोषणा गरिएको हो । छुवाछूत मुक्त वडा घ. . .
लहान, वैशाख २४ । सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सन्चालन भइरहेको छ । कुल ५० शय्याको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका चिकित्सक तथा प्राविधिकले बिरामीको उपचार गर्दैआएका छन् । अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेन्ट पेडिया टिसिय�. . .