साहित्य संसार

गजल

आँशु

मुक्तक

ओइलाएको गुलाफ

-देवराज तामाङ समयको बगैंचामा एउटा सुन्दर गुलाफ ओइलाएको छ सायद हरायो सबै सुगन्ध जुन हावामा नाच्ने गर्थ्यो सुगन्धकै लागि भनी आफ्नो अस्तित्व साच्ने गर्थ्यो हो - ओइलाएको गुलाफसँग केही दु:ख छ - किन सुन्दर हुँदै तिमीसम्म आएन किन कुरुप नहुँदै नियतिसँग थिएन? यसका पत्रहरु झर्नु अगाडी सप्तकोशी नदी जस्तै �. . .


भोको साथी

-बसन्त घिमिरे ओहो साथी आजकाल् तिमी कत्ति हो भोकाको जे जे भेटो त्यहीँ खाँदा नि कस्तो नअघाको जमिन पनि खान्छौ तिमी खोला पनि खान्छौँ रुख , जंगल, पहाडलाई नि आफ्नै भोजन ठान्छौँ श्रमिकका पसिना नि सुलुक सुलुक चुस्छौँ कृषकका मल र वीउ नि पेटैभित्र ठुस्छौँ सुनका डल्ला सिङ्गै निल्छौँ अलकत्रा नि दार्छौ ट्रिपरका. . .


आजैदेखि असल मान्छे बन्न सिक

-रिबन बस्नेत हे नेपाल आमाका सन्तानहरु हो भ्रष्टाचार गरेर हैन, आफ्नै नङ्ग्रा खियाएर बाँच्नसिक परजीवी हैन आत्मसात भएर बाँच्नसिक... टेबुल मुनिबाट घुस माग्ने ति हातहरूमा आत्मअनुशासन रूपी हतकडी लगाउन सिक नेपाल आमा रोइरहेको बेलामा आमाका कोमल हात सुम्सुम्याउने गर... कालो धनले ठड्याएको महलमा राज गर्ने हे. . .


गजल

-किस्मत खतिवडा गरिब भनेर छोड्दा भोलि बचत, हुनसक्छ सोचिनौ झुपडीको ठाउँमा पक्की घर छत, हुनसक्छ सोचिनौ घरको न घाटको बनाइदियौ आखिर मलाई तिमीले अरुको जिन्दगी सँग खेल्नु गलत, हुनसक्छ सोचिनौ कहिल्यै निको नहुने चोट दियौ, मलम बन्नुको सट्टा घाउ निको भए पनी भित्र खत, हुनसक्छ सोचिनौ छुट्ने बहाना बनाउन मेरो अ�. . .


गजल

-अरूण खड्का कुरै कुरामा बिते रात धेरै, मीठा मसिना भए बात धेरै। देखेर उनका मदहोसी नयन, बढ्यो धड्कनभित्र मात धेरै। नमेटिएर होकि प्यास मनको, चुलिए~चाहनाका खात धेरै। बुँझिए जब-झस्किएर राति, प्रेमप्यासले तड्पियोआत धेरै। पिडैपिडाले जलेको छ यो मन, मोहनी तीरले पाई आघात धेरै।. . .


माटोको सुगन्ध

-सुशीला ढकाल अधिकारी माटोको सुगन्ध कत्ति मिठो पानीको स्वाद कत्ति मिठो । जन्मेको माटो, खेलेको पाटो हुर्केको पहरा, आफ्नै हिमाल, पहाड, तराई नसा नसामा देश छ श्वास र रगतमा देश छ मुटुको ढुकढुकीमा देश छ मेरो देशको माटोको सुगन्ध नै मिठो । यस्तो देशमा खान पाइएन श्रम बेचेर बालपथरा पाल्न पाइएन आमाबाको हेरचाह �. . .


एउटा युगको मान्छे चाहियो

-राजन प्रसाद न्यौपाने श्रीयम चेतना स्खलन भएर होला घृणाको डढेलो सल्केको छ आजभोलि धर्मको नाममा धर्म ढलिरहेछ मान्छेको मुक्तिको लागि मान्छे नै मरिरहेछ मान्छे मान्छेको लडाईमा मानवता मरिरहेछ अस्मिताको लागि परिवर्तन खोज्नेहरुकै अस्मिता लुटिइरहेछ आजभोलि त मालीहरुबाट नै फूलको अपहरण र बलात्कार भैरहे. . .


मन छ मलाई

-दीपा शाही रावत गुन्यु चाेलीमा सजिएकाे हेर्ने मन छ नजरले नजर जुधाएकाे सारै हेर्ने मन छ वनपाखा उकाली ओरालीसँगसँगै मुस्कुराउँदै घाँस दाउँरा बाेकी हिँड्न मन छ घर पुगी सुकुलमा बसी गुन्द्रुक र ढिडाे सँगसँगै खान मन छ । लाग्छ तिमी त अप्सरा भगवानले मेरा लागि नै पठाएका हुन झैँ तिमी संगै जिन्दगी ज्य�. . .


बाबाको सम्झना

-गीता अर्याल यादहरु मनको भकारी भरी छन् सम्झनाहरु हृदयभरी ताजै छन् धेरै छन् बुवा हजुरको । तर आज, संझेर नै के गर्न सकिन्छ र ! हामीदेखि टाढा भएर हराएर बिलाएर,कहिलै नउदाउने गरी अस्ताएर जानु भएको नि धेरै भैसक्यो आफुमात्र कहाँ जानु भयो र? घर शुन्य बनाएर ,उताको घर सजाउन आमालाई पनि पठाएर जानु भो आमा बाबाको. . .


मैदानमा उत्र लडाई जारी छ

-सरस्वती गौतम प्रकृति त अविचलित छ सूर्यलाई हत्केलाले छेक्दैमा दिउँसै अँध्यारो हुँदैन पराइलाई खुशी पार्न आफ्नै घरमा आगो सल्काउन हुँदैन ए महासय ! आफूलाई विद्वान हुँ भनी खुब हुंँकार गर्छौ घमन्ड र पाखन्डले खुव तातिन्छौ आसेपासेलाई खुशी राख्न आफ्नालाई जलाएर पराइलाई खुशी राख्न भारी सभामा सार्वजन. . .


गजल

-वसुन्धरा चौहान सुनिता बस्नका लागि ओत लाग्ने घर छैन अचेल आँखामा सजाएको कुनै रहर छैन अचेल बग्दा बग्दै राेकिएकाे गङ्गा जस्तै छ जिन्दगी भए मुटुमा तिम्रो मायाँ अन्य भर छैन अचेल भावनाकाे संसारमा रमाउँन जाने मन भयो जे गर्छौं तिमी गर्नू कसैलाई कर छैन अचेल तिम्रो प्रेममा यति तागत छ बल्ल थाहा भाे बिन्दा. . .


गजल

- शरद प्रधानाङ्ग उजाड भयो जिन्दगी सपनीको घर जलेपछि एक्लै भयो पिपल पनि संगैको बर ढलेपछि विश्वासको पर्दा च्यातियो दुनियाँको नजरमा हौसला अनि उत्साहको सबै बगर गलेपछि झुटो पनि सत्य हुँदो रहेछ कहिलेकाँही यहाँ कैयौं बाध्यताहरू मुस्कानमा अधर पलेपछि शिखर चुम्ने आसालाई तुवाँलोले ढाकिदिंदा पाइला पिच्छे. . .