Admin_OB

ताप्लेजुङमा पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती गर्ने युवा पक्राउ परे

ताप्लेजुङ मङ्सिर ११ । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ । विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए । यस्तै डाँका. . .


भाइको विवाहमा पुगेकी श्रीमतीलाई आग्लो प्रहार गरी हत्या

दोलखा मङ्सिर ११ । जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् । ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भ�. . .


सिरहामा २३ प्रतिशत विद्युत् चुहावटमा कमी

लहान मङ्सिर ११ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि सिरहामा २३ प्रतिशत चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले अभियान सञ्चालन गरेपछि चुहावटमा कमी आएको हो । विसं २०७४ असोजसम्म करीब ४९ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा २०७५ कात्तिकसम्ममा करीब २३ प्रतिशत विद्यु�. . .


बिराटनगरका बुद्धि प्रधान युएईमा जारि टि-१० लिगमा अम्पायरीङ गर्दै

बिराटनगर मङ्सिर ११ , अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरीङमा नेपालका आइसीसी नेपाली अम्पायर बुद्धि प्रधान अहिले युएईमा जारि टि-१० लिगमा अम्पायरको रुपमा रहेका छन् । बिराटनगर घर भएका प्रधान टि-१० लिगमा एक मात्र नेपाली अम्पायर हुन् । प्रधान आईसिसिको डेभलप्मेन्ट प्यानलका अम्पायर हुन् । उनल�. . .


आज बिहान कैलालीमा बस दुर्घटना हुँदा २५ जना घाइते

धनगढी, मङ्सिर ११ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जान�. . .


प्रदेश १ पर्यटकीयस्थल बिशेष : भिडियोमा हेर्नुहोस इलामको श्रीअन्तु

बिराटनगर मङ्सिर ११  , इलामको श्रीअन्तुमा पर्यटकको भिड लाग्ने गरेको छ । श्रीअन्तु इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिकामा पर्छ ।अन्तुडाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । सूर्योदय हेर्नको लागि अन्तुडाँडामा पर्यटकको भिड लाग्ने गर्दछ । सूर्योदय हेर्न ,चियाब. . .


मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

काठमाडौँ, मङ्सिर ११ गते । पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४÷७५ मा ३२�. . .


धनकुटामा एक बालिकाको जन्मदै ढाडमा प्वाल !

धनकुटा, मङ्सिर ११ । धनकुटा नगरपालिका वडा नम्बर ७ की ३० वर्षीया कमला पुनद्वारा जिल्ला अस्पताल धनकुटामा अनौठी बालिकाको जन्म भएको छ । पुनद्वारा दोस्रो सन्तानका रूपमा जन्माएकी बालिकाको ढाडमा प्वाल देखिएको छ । उक्त प्वाल गर्भावस्थामा पmोलिक एसिडको कमीका कारण र वंशानुगत रूपमा हुनसक्ने जिल्ला स्वास्थ्य �. . .


सामाजिक सुरक्षा दिवस नयाँ युगको सुरुवात – प्रधानमन्त्री ओली

काठमाडौँ, मङ्सिर ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक सुरक्षा दिवसलाई नयाँ युगको सुरुवातको सङ्ज्ञा दिनुभएको छ । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । आजको दिनबाट सरकारले . . .


योगदानमा आधारित पेन्सन योजना सुरु हुदै

सीता शर्मा काठमाडौँ, मङ्सिर ११ गते । सरकारले ‘मर्यादित जीवन र सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा’ भन्ने नाराका साथ पहिलो सामाजिक सुरक्षा दिवस मङ्गलबार मनाउँदैछ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा भएको दिनलाई सरकारले सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय गरेको हो । श्रम, रो. . .


सिके राउतका तीन जना समर्थक सिरहामा समातिए

लहान मङ्सिर ११ , स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको समर्थनमा प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । नवराजपुरमा प्रदर्शन गर्ने तयारी गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डल, सखुवानन्कारकट्टी गाउँपालिकाका रा�. . .


सुनसरीको इनरुवामा एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

काठमाडौं मङ्सिर ११ । एमएम (मनमोहन) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुनसरीको इनरुवा नगरपालिकामा पुस तेस्रो साताबाट सुुरु हुने भएको छ । शान्ति दीप नेपाल तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने प्रतियोगिता पुस २१ गते देखि सुुरु हुने आयोजकले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ । ७�. . .