Bivek_OB

कटहरीका भट्टामा बालबालिका : प्रहरीद्वारा संचालक नियन्त्रणमा, ६ बालकाको उद्दार

विराटनगर, २ माघ । मोरङ कटहरी गाउँपालिकाबाट ६ जना बालकको उद्दार गरिएको छ भने संचालकलाई निईटा भट्टाबाट बालकहरूको उद्दार गरिएको छ । कटहरी गाउपालिका वडा नं. ५ कृष्ण प्रणाम ईटा भट्टामा १६ बर्ष मुनिका ६ जना बालकको उद्दार गरेको हो । गैर कानूनी रूपमा श्रममा लगाईरहेको अवस्थामा उद्धार गरी पुर्वाञ्चल अनाथ आश्रम �. . .


विराटनगरको एनसीसी बैंकमा ऋण बुझाउन जादाँ ऋणी माथि कर्मचारीद्वारा दुर्व्यवहार

प्रेम देवान, ओवी । विराटनगर, २ माघ । विराटनगर ७ मा रहेको एनसीसी बैंकबाट लिएको कर्जा बुझाउन गएका एक ऋणीलाई बैंक कर्मचारीले दुर्व्यवहार गरेकाे आराेप लगाएका छन् । विराटनगर ४ कंचनबारीमा बसोबास गर्दै आएका २८ बर्षिय वसन्त राजवंंशीलाई बैंकका कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेकाे आराेप लगाएका हुन् ।. . .


विराटनगरमा लायन्सको काम : शवगृह निर्माणदेखि बिरामीलाई उपचारसम्म

विराटनगर, २ माघ । सामाजिक सेवामा सक्रिय रहेको लायन्स क्लबले विराटनगरमा स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पु¥याउँदै आएको छ । अस्पतालमा व्यवस्थित शव गृह निर्माणदेखि आर्थिक अवस्था कमजोर भएर उपचारको पर्खाईमा छटपटाइरहेका बिरामीलाई उपचारमा सहयोग पु¥याउनेसम्मको काममा लायन्सको भूमिका देखिएको हो । त्यही सा�. . .


जनता आवासमा संघ र प्रदेशबीच किचलो : प्रदेश फाईल माग्छ, संघीय कार्यालय लुकाउँछ

सुमन सुस्केरा/विराटनगर, २ माघ । गरीब तथा विपन्नलाई आवासको सुविधा उपलव्ध गराउने उद्देश्यले सरकारले १ नम्बर प्रदेशमा सञ्चालन गरेको जनता आवास कार्यक्रममा किचलो देखिएको छ । संघले प्रदेशमा हस्तान्तरण गरेको कार्यक्रममा बजेट पठाएपनि कार्य विवरण नपठाउँदा प्रदेश कार्यालय अन्योलमा परेको छ । चालू अवस्थामा �. . .


प्रदेश १को तेश्रो संसद अधिवेश माघ २० गते शुरु हुने, प्रदेशको नाम र राजधानी टुङ्गिएला ?

विराटनगर, २ माघ । प्रदेश १ को तेश्रो अधिबेशन माघ २० गते देखि शुरु हुने भएको छ । प्रदेश १ मन्त्री परिषदको बैठकले सदन अधिबेशन अब्हान गर्ने निर्णय गरेको हो । बुधवार बसेको बैठकले बिभिन्न ८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनका अनुसार, ब�. . .


ईलाममा आगलागी, तिन लाख बढीकाे क्षती

ईलाम,२ माघ । ईलामको रोङ गाउँपालिका-१ बडरेका हस्त बहादुर राईको घरमा आगलागी हुँदा ३ लाख १० हजार रुपैया बराबरको क्षति भएको छ ।  घरको चुलोबाट अचानक आगलागी ‍शुरु भई टिनको छाना र खम्बाले बनेको १ तले कच्ची घर जलेकाे छ भने भित्र  रहेको लत्ताकपडा, खाद्यान्न, भाडावर्तन र नगद समेत जलेर जलेकाे प्रहरीले जनाएकाे छ । आग�. . .


झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

झापा, २ माघ ।  झापाको मेचीनगर नगरपालिका-७ पालिया पुल छेउमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।   पूर्वबाट पश्चिम तर्फ जादै गरेको  ना ३ ख ४३९३ नम्बरको तेलको ट्याङ्करले बाटो काट्दै गरेका भारत घर भई उक्त पुल छेउमा बस्दै आएका ४५ बर्षीय डेनीजोन शर्मालाई ठक्कर दिंदा  घटनास्थलमा नै मृत्यु भएको ईलाका �. . .


अर्गेलीको बोक्रालाई प्रशोधन गरी तेह्रथुममा हाते कागज बनाउन शुरु

तेह्रथुम,२ माघ । लेकाली जंगलमा पाइने लोक्ता र अर्गेलीको बोक्रालाई प्रशोधन गरेर तेह्रथुममा हाते कागज बनाउन थालिएको छ। लालीगुराँस नगरपालिका–१, गैरीगाउँका रत्न तामाङले हाते कागज उद्योग स्थापना गरेर वार्षिक छ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। उनले छिमेकीको जग्गा वार्षिक ४० हजार रुपैयाँ भाडा�. . .


प्रहरीले कुटाइबाट पिसाब नली फुटेपछि आईसीयूमा

बागलुङ, २ माघ । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।  घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनक�. . .


ईनरुवामा जारी क्रिकेट :समूह सी अन्र्तगतको दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी

सुनसरी, २ माघ । सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्र्तगत समूह सी अन्र्तगतको दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी भएको छ । इनरुवा खेल मैदानमा आज सम्पन्न खेलमा प्रदेश नम्वर ७ ले ५ नम्वर प्रदेशलाई १ सय १८ रनले पराजित गरेको हो । अघिल्लो खेल जितेको प्रदेश नम्वर ५ आज. . .


विराटनगरका अगुवाले भने, ‘धर्म परिवर्तन कुलबंशको पहिचान मेट्ने प्रयास’

विराटनगर, २ माघ । धर्म परिर्वतनका कारण विभिन्न समुदायका कुल र बंशको पहिचान मेट्ने प्रयास भइरहेको समाजका अगुवाहरुले बताएका छन् । जनजाति कल्याण आश्रम नेपालद्वारा विराटनगरमा संचालित आमाको माया छात्रावासको बार्षिकोत्सव तथा माघे संक्रान्तिको अवसरमा आयोेजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएक�. . .


राष्ट्रिय योग दिवस: विराटनगरमा प्रभातफेरी देखि योग शिविरसम्म

विराटनगर, २ माघ । ‘शान्ति र समृद्धिका लागि योग’ नारा सहित राष्ट्रिय योग दिवस मनाईएकाे छ । विराटनगरस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा विराटनगर–१० स्थित सेवा केन्द्र भवनमा आयोजित कार्यक्रमकाबीच बोल्नुहुँदै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्�. . .