सर्लाही, ५ माघ । सर्लाहीको ईश्वरपुरमा रात्री बसलाई ट्रकले ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट इलामका लागि जाँदै गरेको ना. ४ ख ९७५४ नम्बरको बसलाई गएराति ना. ५ ख ७१२९ नम्बरको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम सुल्बुङ–७ का गोविन्द साउदेन, सुनसरीको इ�. . .
झापा, ५ माघ । दुईजना महिलामाथि खुकुरी प्रहार गर्ने एक व्यक्तिले सोही खुकुरीले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन्। झापाको अर्जुनधारा नगरपालिका १० स्थित चुथाई निवासी ४४ वर्षीय सडानन्द पौडेलले सोही स्थान निवासी २४ वर्षीया जमुना ओझा र २१ बिना भारतीलाई शनिबर बिहान खुकुरी प्रहार गरी घाइते बनाएकी छिन्�. . .
संखुवासभा , ५ माघ । निर्माणाधीन राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत आयोजनाको काम १५ प्रतिशत सम्पन्न भएको छ। भारतको सतलज कम्पनीले निर्माण गरिरहेको परियोजना मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङमार्ग र ड्याम साइडको काम धमाधम संचालन भइरहेको छ। आयोजनामा दुई हजार ६५ जना भारतीय र नेपालीले �. . .
सुमन सुस्केरा/ विराटनगर, ५ माघ । सम्झौता भएको लामो समय बितिसक्दा पनि रानी– विराटनगर– इटहरी –धरान व्यपारीक सडक आयोजनाको काम अझै ६० प्रतिशत भन्दा बढी बाँकी छ । ठेक्का लागेर निर्माण शुरु भएको ठाउँमा मात्र करिब ३५ देखि ४० प्रतिशत मात्र काम पुरा नभएको हो । आयोजना सम्झौताको मितिलाई आधार मानने हो भने चैत्र भि�. . .
विराटनगर, ४ माघ । सप्तकोशी विकास बैंक र कावेली विकास बैंक आगामी साउन महिनादेखि गाभिने भएका छन् । विहिबार विराटनगरमा दुई बैंक अध्यक्ष सप्तकोशीका तारानाथ निरौला र कावेलीका गोपालप्रसाद काफ्लेबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । एक नम्बर प्रदेशकै सबैभन्दा ठुलो विकास बैंक बनाउने उदेश्य सहित बैंक गाभिएको. . .
ताप्लेजुङ, ४ माघ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ इखाबुमा सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। डिँडिरहेको अवस्थामा साथीले बोकेको बन्दुक एक्कासी पड्किँदा लागेको गोलीले सोही वडाका ३७ वर्षीय देवीकुमार लिम्बुको मााघ १ गते मृत्यु भएको प्रहरीले जनाएको छ। भरुवा बन्दु. . .
प्रेम देवान, ओबि । विराटनगर ४ माघ । विराटनगर महानगरपालिका भित्र बसोबास गर्ने नेवार समुदायले परम्परा झल्कने नेवारी परिकारको प्रदर्शन गरेका छन् । विराटनगर १० झी पुचःको भवन परिसरमा शुक्रबार नेवारी समुदायले १९ प्रकारका नेवारी परिकारको प्रदर्शन गरेका हुन् । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन �. . .
अकबर अलि। दुहवी ४ माघ । दुहवी नगरपालिकामा दुई दिने पत्रकारीता तथा उदघोषण तालिम शुक्रवार देखी शुरु भएको छ । दुहवी नगरपालिका वार्ड नं ५ स्थित श्री सरस्वती माविमा साझेदारी नेपाल सुनसरीको आयोजना र दुहवी नगरपालिका वडा नम्वर ६ को सहयोगमा दुई दिने पत्रकारिता तथा उदघोषण तालीम सुरु भएको हो । कार्यक्रमका प्रम�. . .
विराटनगर, ४ माघ । साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीशसमेत छानबिनको दायरमा तानिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको निर्देशनमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलमाथि गोप्य रुपमा छानबिन थालिएको �. . .
विराटनगर, ४ माघ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले बृहद योग शिविर संचालन गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै माघ १३ गतेदेखि १९ गतेसम्म बृहद योग शिविर संचालन गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले यो योग शिविर नेपा�. . .
धरान, ४ माघ । धरान उपमहानगरपालिका वडा नं ६ पानवारीमा आउँदो माघ ७ गतेदेखि चौथो पानवारी भलिवल रनिङ कप २०७५ आयोजना हुने भएको छ । पानवारीको सिमल चौरी स्थित खेल मैदानमा माघ ७ गतेबाट सुरु भई माघ १२ गतेसम्म प्रतियोगिता चल्ने आयोजक सयपत्री बोइज युनियन क्लबका महासचिव केदार बस्नेतले शुक्रबार पत्रकार सम्मेलन म�. . .
विराटनगर, ४ माघ । बिराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा पेईङ ओपिडी सेवा शुरु भएको छ । नेपाल सरकारको निर्देशन अनुसार अतिरिक्त रकम तिरेर उपचार गर्न जानेहरुको लागि यो सेवा शुरु गरिएको हो । अतिरिक्त रकम तीनसय तिरेपछि सहजै विशेषज्ञ सेवा उपलब्ध गराउने गरी कोशी अञ्चल अस्पतालले पेईङ ओपिडी सेवा शुरु गरेको अस्. . .