Bivek_OB

सामाजिक दबाबपछि बाल विवाह रोकियो

विराटनगर, ४ असार । मोरङको कटहरी गाउँपालिका वडा नम्बर ५ मा उमेर नै नपुगी गर्न लागिएको किशोरीको विवाह सामाजकै पहलमा रोकिएको छ । साविक भौडाहा गाविसको खयरबना टोलकी १६ वर्षीया एक राजवंशी किशोरीको विवाह तय भएकोमा सामाजिक संस्था नारी विकास संघ र वल्र्डभिजनको पहलमा सार्वजनिक छलफल गराइ विवाह रोक्न लगाइएको सं�. . .


कुदाउदै गरेको मोटर साईकलमा आफै आगो लागेपछि ………

प्रेम देवान विराटनगर ४ असार । तपाई हामीले कुदाउदै गरेको मोटरसाईकल अचानक आफै आगलागी भयो भनेर सुन्नु भयो भने तपाईलाई पत्यार नलाग्न सक्छ । तर कहिलेकाही हामीले सोच्दै सोच्दै नसोचेको घटना हुन पुग्छ । त्यस्तै घटना सोमबार दिउसो कानेपोखरी गाँउपालीका ४ बस्ने २८ बर्षिय राजकुमार खत्रीले कुदाउदै गरेको मोटर सा�. . .


६ लेन सडकमा मेयरको चासो, बर्षा अघि नै समस्या समाधान गर्न निर्देशन

विराटनगर, ४ असार । विराटनगर महानगरका मेयर भीम पराजुलीले व्यपारिक मार्ग विस्तार आयोजना सिक्सलेनको काममा भइरहेको ढिला सुस्तीको बारेमा चासो दिएका छन् । आज स्थलगत निरिक्षणको क्रममा पुगेका मेयर पराजुुलीले विराटनगरमा ढुवानको समस्या सिर्जना हुनसक्ने भन्दै बर्षा अघि नै समस्या समाधानमा चासो दिन ठेकेदार क. . .


कतै खोलाले बगायो, कतै ढुङ्गाले किच्यो

विराटनगर, ४ असार । भोजपुर र झापामा प्राकृतिक प्रकोपका कारण २ जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका १० दोमुखामा माईखोलाले बगाएर ४८ वर्षीय दावा शेर्पाको मृत्यु भएको हो । खोलाले बगाएर ल्याएको दाउरा काट्न जानेक्रममा बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै भोजपुरको षडानन्द नगरपाल�. . .


गोलाप्रथाबाट आज हुँदैछ ५९ सांसदको भाग्य परीक्षा

काठमाडौं, ४ असार।  सुन्दा अचम्म लाग्न सक्छ, गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा, तर सत्य हो  । राष्ट्रिय सभाका ५९ सांसदको कार्याकालको विषयमा आज सोमबार गोलाप्रथाबाट निर्णय गरिने भएको छ । राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये १९ जनाको २ बर्ष, बाँकी ४० मध्ये २० जनाको कार्यकाल ६ बर्षको हुनेछ । जुन प्रक्र�. . .


पेट्रोलियम पदार्थको मूल्य घट्यो 

विराटनगर, ४ असार । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रल�. . .


पाँच पटकको विश्व विजेता ब्राजिललाई स्वीट्जरल्याण्डले रोक्यो

पाँच पटकको विश्व विजेता ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोकको छ । रसियामा जारी विश्वकप फुटबल अन्तरगत आइतबार राती सम्पन्न खेलमा स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ को बराबरीमा रोकेको हो । खेलको २० औं मिनेटमा ब्राजिलका लागि  फिलिप कोटिन्होले गोल गर्दै टीमलाई अग्रता दिलाए । तर सो अग्रता ३० मिनेट �. . .


विश्वकपको पहिलो खेलमा जर्मनीको ३६ वर्षपछि पहिलो हार

विश्वकप फुटबल २०१८ को दाबेदार मानिएको जर्मनी मेक्सिकोसँग एक—शून्यले पराजित भएको छ । समूह एफ अन्तरगतको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले स्तब्ध पारेको छ । मेक्सिकोका लागि हिर्विङ लोजानोले ३५ औँ मिनेटमा गोल गरे ।  विश्वकपमा प्रतियोगितामा मेक्सिकोले जर्मनीलाई पहिलो पटक हराउँदै �. . .


कार्यकारी राष्ट्रपतिय प्रणाली व्यवस्था उपयुक्त छैन : कांग्रेस नेता केसी

विराटनगर,३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपतिय प्रणाली व्यवस्था हाम्रो जस्तो मुलुककालागी उपयुक्त नहुने वताएका छन् । नेपाल प्रेस यूनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उनले मुलुक संघीयतामा गईसकेको अवस्थामा राष्ट्रपति प्रणाली व्यवस्था. . .


संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आज बस्दै

काठमाडौं, ३ असार ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आज बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संयुक्त बैठक बस्न लागेको हो । दिउँसो ४ बजेपछि बस्ने बैठकले संयुक्त सदन सञ्चालनको नियमावली पारित गर्ने तयारी छ । सांसद् कृष्णभक्त पोखरेल सभापति रहेको समितिले तयार पारेको संयुक्त सभा तथा समि�. . .


ओबीले तयार पारेको सचेतना मुलक छोटो चलचित्र ‘नव विहानी’ जहदामा प्रदर्शन

विराटनगर, ३ असार । बाल विवाह न्युनिकरण र महिला सशक्तिकरण सम्बन्धि तयार पारिएको सचेतना मुलक छोटो चलचित्र ‘नव विहानी’ जहदा गाउँपालिकाको ग्रामिण बस्तीमा प्रदर्शन गरिएको छ। स्थानीय परिवेश र स्थानीयका समस्यालाई झल्को दिने गरी त्यही छायाङ्कन गरिएको छोटो चलचित्र स्थानीयलाई देखाईएको हो । जीवन विकास समाज�. . .


पेनाल्टीमा चुकेपछि मेस्सीको प्रतिक्रिया : ‘म टुटेको छु’

काठमाडौं, ३ असार– आइसल्याण्डविरुद्धको शनिबारको खेलमा पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेन्टिनी कप्तान तथा स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गर्न चुक्दा आफू टुटेको प्रतिक्रिया दिएका छन् । मेस्सीले अघि भने, ‘पक्कै पनि पेनाल्टीमा चुक्दा म टुटेको छु, दुःख लागेको छ ।’ आइसल्याण्डको रणनीतिका कारण निकै �. . .