Bivek_OB

ग्रामथानलाई नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउन यस्ता योजना

विराटनगर, ५ जेष्ठ । ग्रामथान गाउँपालिकालाई नेपालकै पहिलो गाउँ बनाउने अभियान शुरु गरेको छ । २०७६ साल भित्र नेपालकै पहिलो बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गर्न रणनीतिक कार्ययोजना र कार्यविधिहरु तयगरी प्रतिवद्धता समेत जनाएको छ । ३ दिने रणनीतिक योजना निर्माण कार्यशालामा बालविवाह तथा दाइजो प्रथा अन्. . .


व्यक्ति चिनारी: कराँतेकी ‘ब्ल्याक बेल्ट’ मन्टेश्वरीमा ‘फस्टडन’

विराटनगर, ५ जेष्ठ । विराटनगरमा अहिले टोलटोलमा मन्टेश्वरी खुलेका छन् । बालबालिकाको स्यहारदेखि पढाउने नाममा च्याउ उम्रेसरी खुलेका धेरै मन्टेश्रीले कार्यक्षेत्र विस्तार गर्न सकेका छैनन् । सीमित साधन स्रोत र विद्यार्थी लिएर जर्बजस्ती चलाइएका मन्टेश्री पनि छन् । तर, सन् १९९९ तिर विराटनगरको अवस्थ निकै �. . .


विराटनगरको गणपति कटन उद्योगमा लफडा, उद्योगको रेखदेख गर्ने थापालाई कालोमोसो (ओवि फलोअप)

प्रेम देवान विराटनगर ५ जेठ । विराटनगर १६ रानी मिल्स् एरीया बर्माटोलमा रहेको गणपति कटन उद्योगको क्वाटरमा २३ बर्ष अघिदेखि बसोबास गर्दै आएका मजदुरहरुले मिलको रेखदेख गर्दै आएका कृष्ण थापालाई नालाको हिलोे र कालोे मोसो दलेका छन् । २३ बर्षदेखि क्वाटरमा तलव नै नपाई बस्दै आएका मजदुरलाई हटाउन खोजेको भन्दै आक�. . .


विराटनगरमा रहेको भारतीय फिल्ड कार्यालय हट्ने

विराटनगर, ५ जेठ । प्रधानमन्त्री केपी ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड कार्यालय हट्ने बताएका छन् । नवगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विराटनगरको फिल्ड अफिस हट्ने बताए। उनले भारत १९५० को सन्धि फेर्न सहमत भइसकेकाले उक्त कार्यालय हट्ने बता�. . .


शनिवारीय विशेष -‘पितृसत्ताको उल्टो मातृ सत्ता होइन समानता हो’

चन्द्र उपाध्याय । महिला मनोनयनमा परेनन्, महिलालाई विधायक बनाईएन, महिला मन्त्री भएनन्, महिला मुख्यमन्त्री बनेनन् जस्ता महिला माथिका विभेदका विषयको राजनैतिक व्याख्या छ, र राजनैतिक समाधान पनि होलान् । तर महिला माथिका विभेदका सामाजिक र सांस्कृतिक व्याख्या अनि बुझाई पनि अति महत्वपूर्ण हुन्छन । महिलामा�. . .


क्युबामा भएको विमान दुर्घटनामा सयभन्दा बढीको मृत्यु

काठमाडौं, ५ जेठ– ल्याटिन अमेरिकी मुलुक क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय १० जना भन्दा बढीको मृत्यु भएको छ । क्युबाको सरकारी बोइङ ७३७ विमान हवानाको होजे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १ सय १६ जना थिए ।क्युबाका समाचार माध्यमका अ�. . .


आमा–छोरी एउटै कक्षामा

ओखलढुंगा, ५ जेठ । पढाइलाई उमेरले छेक्दैन भन्ने सन्देश ओखलढुंगाकोे सुनकोशी गाउँपालिका ८ की ३१ वर्षीया हेमकुमारी बस्नेतले  दिनुभएको छ ।उहाँले विद्यालयस्तरको शिक्षा लिन गर्न आफ्नी छोरीसँगै एउटै कक्षामा भर्ना भएर यस्तो सन्देश दिनुभएको हो ।  बस्नेत १३ वर्षीया छोरी दुर्गादेवीसँगै जगतजननी आधारभूत विद्य. . .


अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या

५ जेठ  । अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको छ । साथै कैयौँ विद्यार्थी घाइते भएका छन् । शुक्रबार  ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा एक जना किशोरले अन्धाधुन्ध गोली चलाएको सीएनएनले जनाएको छ । घटनामा संलंग्न भएको आरोपमा १७ वर्�. . .


जनप्रतिनिधि आएको ११ महिना, विराटनगर महानगरमा यसरी हुँदैछ विकास

विराटनगर, ५ जेष्ठ । घरघरमा मेयर विराटनगर महानगरपालिकाको सबैभन्दा पछिल्लो कार्यक्रम हो । महानगर प्रमुख आफैँ जनताको घर दैलोसम्म पुग्छन् । उनीहरुको समस्या र गुनासो सुन्छन् । समाधानको उपाय खोज्ने बारेमा त्यहीँ छलफल गर्छन् अनी महानगरको सम्बन्धित महाशाखालाई समस्या समाधानमा निर्देशन पनि दिन्छन् । कार्य. . .


सुन तस्करीका अभियुक्तका ‘महंगा वकिल’, १ घण्टा बहस गरेको ३ देखि ४ लाख

विराटनगर, ५ जेठ।  तस्करीको साढे ३८ क्विन्टल सुन र सनम शाक्य हत्याकाण्ड प्रकरणमा अहिले जिल्ला अदालत मोरङमा थुनछेक बहस चलिरहेको छ । सरकारतर्फका वकिलहरुको बहस सकिसकेको छ भने प्रतिवादी (अभियुक्त) पक्षका वकिलको बहस चलिरहेको छ । मोरङ जिल्ला अदालत स्रोतका अनुसार  प्रतिवादीका तर्फबाट बहस गर्न ६५ जना कानून व�. . .


नरग्राम माविमा भ्रष्टाचारको आरोप राजनीति प्रतिशोध

विराटनगर, ५ जेष्ठ । पर्याप्त भौतिक पूर्वाधार रहेको मोरङको बुढीगंगा–१ मा रहेको नरग्राम माध्यामिक विद्यालयमा अनियमितता भएको आरोप लागेको छ । विद्यालयले लगाएका भाडाका सटरदेखि भवन निर्माणमा विद्यालयका प्रधानाध्यापकले लाखौं अनियमितता गरेकोको आरोप लागेको हो । अनियमितताको विषयमा लेखापरीक्षण गर्नेहरूल. . .


उत्कृष्ठ बुहारीको खोजी शुरु, प्रथम हुनेले सुनको सिक्री पाउने

विराटनगर, ५ जेष्ठ । बृद्धा अबस्थामा घर परिवारबाटै सकेसम्म अपहेलित नहुनुपरोस् भन्दै सुनसरीको ईनरुवा नगरपालिकाले नगरभित्र उत्कृष्ठ बुहारी छनौट गरी पुरस्कृत गर्ने भएको छ । नगरपालिकाको कार्यालयले सासु ससुराको स्याहार सहित सम्मान र मायाँ गर्ने वुहारीको खोजी गरी सम्मान गर्नेछ । उत्कृष्ठ बुहारीको खोजी�. . .