व्यापार

सुन्तला बेचेर दोसल्लेमा रु. पचास लाख भित्रियो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्तला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष रु. ५० लाखभन्दा बढी रकम भित्रियाएका हुन् । पोखरा, चितवन र काठमाडौंबाट आएक�. . .


परिवर्तित स्वरुपका साथ विराटनगरको श्री कृष्ण पार्टी प्यालेस पुनः सञ्चालनमा

विराटनगर । विराटनगर–११ स्थित श्री कृष्ण पार्टी प्यालेस नयाँ आयाम र परिवर्तित स्वरुपका साथ पुनः सञ्चालनमा आएको छ । बसपार्क पश्चिम होटल लाईनमा रहेको पार्टी प्यालेस फरक नाम र नयाँ सञ्चालक टिमका साथ शुक्रबारदेखि पुनः सञ्चालनमा आएको हो । विराटनगरकै ३ युवाले एसकेपिपि रेष्ट्रो एण्ड लजका नामले उक्त पार्ट�. . .


बतास अर्गनाईजेसनलाई फसाउन खोजिएको भन्दै उद्योग संगठन मोरङको विज्ञप्ति

विराटनगर । नारायणहिटी दरबार संग्रहालयको क्याफेटेरिया भाडा प्रकरण सम्बन्धमा बतास अर्गनाइजेशन विरुद्ध अर्नगल प्रचार भईरहेको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उद्योग संगठनले निजी क्षेत्रका उद्योगीलाई एकपक्षीय ढंगबाट नियतबस रुपमा हतोत्साहित पार्न�. . .


तरुलको व्यापार फस्टायो

पाल्पा । जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमूलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि निकै फस्टाएको हो । जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै. . .


रुट परिवर्तन गरी भीमनगर नाका हुँदै आयात निर्यात सुरु

विराटनगर । भारतको बथनाहास्थित मिरगञ्ज पुल क्षतिग्रस्त भएपछि पछिल्लो हप्तादिन देखि ठप्प रहेको मालवस्तुको आयात–निर्यात पुनः सुचारु भएको छ । रुट परिवर्तन गरि वैकल्पिक रुपमा सुनसरीको भीमनगर नाका हुँदै मालवाहक सवारीसाधनको आयात–निर्यात पुनः सुचारु भएको हो । भारतीय कस्टमको सहमतिमा मिरगञ्ज पुल सञ्चाल�. . .


सुरु भयो खोले सागको व्यावसायिक खेती

बागलुङ । गाउँघरका भान्छामा छिटपुट पाक्ने खोले साग हिजोआज बजारमा किनमेल हुनथालेको छ । खोला र पानीको मूलछेउछाउ पाइने सागलाई किसानले पछिल्लो सयम खेतमा नै उब्जाउन थालेका छन् । बागलुङ नगरपालिका–३ रातामाटाका छ किसान अहिले खोले सागका उत्पादनमा जुटेका छन् । झण्डै डेढ रोपनीमा साग लगाइएको बैकुण्ठ सापकोटा�. . .


सुनको मूल्य बढ्यो

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु.४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु.४०० ले बढेको हो । त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु.९२ हजारमा कारोबार भ�. . .


विराटनगर भन्सारबाट हुने आयात–निर्यातमा रुट परिवर्तन, सुनसरीको सेतुबन्धबाट बुधबारदेखि मालवस्तु भित्र्याईने

विराटनगर । मीरगञ्ज खोलाको पुल क्षतिग्रस्त भएपछि विराटनगर भन्सार नाकाबाट प्रभावित हुँदै आएको आयात–निर्यात सुनसरीको भीमनगर–सेतुबन्ध (भण्टाबारी) सूचारु हुने गरिने भएको छ । भारतले छ दिनपछि भीमनगर–सेतुबन्ध नाकालाई वैकिल्पक रुपमा प्रयोग गर्न स्वीकृति दिएपछि बुधबारबाट आयात–निर्यात सूचारु हुने भएको हो. . .


रोगले सुन्तलाको बगैँचा मासिएपछि उत्पादनमा कमी

लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा पकेट क्षेत्रमा सूचिकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै बाँकी रहन थालेकोे छ । सुन्तला बिक्रीबाट मात्रै वार्षिक रू.पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका बेँसीशहर नगरपालिका– ११ साविक चिती–२ स्याउत गाउँका रमेशराज पन्तको सुन्तला बचै�. . .


विराटनगरका उद्योगीको राष्ट्र बैंकलाई पत्र

विराटनगर । विराटनगरका उद्योगीले अनुत्पादक क्षेत्रमा भएको कर्जा प्रवाहलाई नियन्त्रण गर्दा उत्पादनमूलक उद्योगलाई असजिलो बनाउन नहुने धारणा राखेका छन् । नेपाल राष्ट्र बैंकले फर्म, संस्था वा कम्पनीलाई चालु पूँजी कर्जाको सीमा निर्धारण गर्दा उत्पादनमूलक उद्योगका लागि सीमा तोकिन नहुने उद्योगीहरुले धार. . .


मिरगञ्ज पुल क्षतिग्रस्त : सुनसरी–मोरङ औद्योगिक करिडोर प्रभावित

विराटनगर । सीमावर्ती बजार जोगबनीदेखि करिब ५ किलोमिटरको दुरीमा रहेको बथनाहास्थित मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा सुनसरी–मोरङ औद्योगिक करिडोर प्रभावित बनेको छ । पुल भासिएको कारणले बिहीबारदेखि भारतीय प्रशासनले मालवाहक सवारीसाधनको आवागमनमा रोक लगाएपछि दुई देशको व्यापारिक कारोबार प्रभावित बनेको हो ।. . .


घट्यो सुनचाँदीका मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.७०० ले घटेर रु.९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९१ हजार १०० कायम भएको छ । जसको मूल्य बिही�. . .