समाचार

झापामा खैरो हेरोईन सहित ४ जना पक्राउ परे

झापा, पौष १५ गते । झापाको छुटाछुट्टै स्थानबाट प्रहरीले शनिवार लागूऔषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ बाट पाँचथर घर भई दमक नगरपालिका-६ मा डेरा गरी बस्ने बर्ष ३६ को संग्राम लिम्बुलाई शनिवार दिउँसो सवा ३ बजे �. . .


१ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना: २ को मृत्यु, १ घाईते

बिराटनगर, पौष १५ । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् । धनकुटाको पात्लेखोलामा भएको सवारी दुर्घटनामा परी १ जनाको को मृत्यु भएको छ । शनिवार साँझ सवा ५ बजेको समयमा धनकुटाबाट धरान तर्फ आउदै गरेको ग ३ ख ६१५१ नम्बरको मालबाह�. . .


मोरङ र सुनसरीका सहित नौ नेपाली महिलाको भारतमा उद्धार

कृष्णनगर, रासस । सात महीनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो । कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्त�. . .


इलाममा विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन

पशुपतिनगर पुष १५ । विद्युत् चुवाहट नियन्त्रण अभियानबाट नेपाल विद्युत् प्राधिकरण इलाम शाखाले रु ४० लाख बढी पुरानो बक्यौता महसुल सङ्कलन गरेको छ । लामो समय विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर र जाम भएका मिटर परिवर्तन गरी प्राधिकरणले पुरानो बक्यौता सङ्कलन गरेको हो । मिटर रिडिङ भएको ६० दिनसम्म मह�. . .


बिराटनगरको आजको मौसम : आजको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस

बिराटनगर पुष १५ ,  बिराटनगरको आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।   यस्तै ,काठमाडौं उपत्यकाको तापक्रम एक डिग्री सेल्सियसमा झरेको छ । आज विहान ५ बजेर ४५ मिनेटम�. . .


विराटनगरको सीमावर्ती नाका जोगवनीमा अन्तराष्टिय विद्यापति महोत्सव

विराटनगर, १५ पुस । विराटनगरको सिमावर्ती बजार जोगबनीमा अन्तराष्ट्रिय विद्यापति महोत्सव आयोजना गरिएको छ । जोगबनीस्थित मिथिला विकास समाजले आयोजना गरेको कार्यक्रममा नेपाल तथा भारत दुवैदेशका राजनितिज्ञ,साहित्यकार,कलाकार,गायक लगायत सहभागि भएका छन । मैथिली भाषाका प्राचिन कवि विद्यापतिलाई मैथिली भाषील. . .


प्रदेश १ सरकारका मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

विराटनगर, १५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका तमु समुदाय लगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्. . .


एसियाकै अग्लो तेह्रथुमकाे ह्यात्रुङ झरनाको विकासकालागि प्रदेश सरकारले प्राथमिकता दिने

तेह्रथुम, १५ पुस ।  प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोेले दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरनाको विकासकालागि प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभएको छ । उनले झरनाको पर्यटन प्रवर्द्धनकालागि विस्तृत योजना बनेपछि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताए ।  अनले शनिब�. . .


स्थानीय सरकारमा गाडी, इन्धन र मर्मतमा मनलाग्दी खर्च

काठमाडौँ, १५  पुस । ‘खर्च नभए पनि अपर्झट आवश्यकता पर्छ कि भनेर बजेट राखिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रबहादुर माझी भन्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । तर अघिल्लो आर्थिक वर्षमा १५ लाख विनियोजन गर्दा समेत सबै रकम खर्च भएको थिएन । बैजनाथ मात्र होइन, बाँकेका अधिकांश स्थानीय सरक�. . .


बालमैत्री विराटनगरमा यस्ताे दृश्य, विराट एक्स्पाेमा जहाँ बालक श्रम गर्दै थिए (फाेटाे फिचर)

विराटनगर, १४ पुस ।  अन्तराष्ट्रिय स्तरको मेलामा भित्र कार्यक्रमको समापन भई रहँदा मेलाको भित्र र बाहिर बालकहरु श्रम गर्दै थिए । आज भन्दा करिब २ बर्ष अगाडी नै बिराटनगर महानगरपालिका बालमैत्री घोषणा भएको स्मरण हुँदा हुँदै पनि बालक श्रमिकको रुपमा खेलौना बनाउने तथा बेच्नमा ब्यस्त देखिन्थे । निगरानी गर्ने �. . .


विराटनगरमा जारी बिराट एक्स्पो २२ करोड कारोवार गर्दै सकियो

विराटनगर, १४ पुस । विराटनगरमा जारी बिराट एक्स्पो सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी मेला पुर्ण रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । मोरङ ब्यापार संघको आयोजनामा भएको मेलामा करिब २२ करोडको कारोवार भएको ब्यापार संघका अध्यक्ष पवन कुमार रासडाले जानकारी दिए । करिब १ लाख २५ हजार दर्शकले अवलोकन गर�. . .


बुढीगंगामा अन्तराष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर, १४ पुस । मोरङको बुढीगंगा गाउँपालिकामा अन्तराष्ट्रिय महिला कबड्डी हुने भएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ को खेल मैदानमा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता गराउनको लागि भुवनेश्वर मण्डलको अध्यक्षमा मोरङ कबड्डी समिति गठन गरी काम शुरु गरिएको हो । मुल समिती सँगै अन्य नौवटा विभिन्�. . .