समाचार

वीरगञ्जमा गोली चल्यो

पर्सा,१३ असोज । वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा गोली चलेको छ । शनिबार बिहान मदनप्रसाद साहलाई लक्षित गरी गोली प्रहार भएको हो । भारतीय सीमा नजिकै साहमाथि अज्ञात व्यक्तिले चार राउण्ड गोली प्रहार गरेको बताइएको छ । घटनास्थल भारतीय सीमा क्षेत्रभन्दा ५० मिटर वर पर्दछ । गोली हान्ने व्यक्ति भारत. . .


हिमाली जिल्ला ताप्लेजुङका ठूला योजनाहरुको काम ठप्प

ताप्लेजुङ, १३ असाेज ।  हिमाली जिल्ला ताप्लेजुङका ठूला योजनाहरुको काम ठप्प भएको छ । उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाको कार्यालयमार्फत सञ्चालित अयोजनाहरु बन्द भएका हुन् ।नियमित रुपमा सञ्चालन गरिनुपर्ने अयोजनाहरु निर्माणको जिम्मा लिएका ठेक्केदार कम्पनीहरुले निर्माण कार्य गरेका छैनन् । त्�. . .


विराटनगरका राजु श्रेष्ठ ‘उत्कृष्ट सूचनाको हकको अभियन्ता’ बाट सम्मानित

विराटनगर, १३ असोज । राष्ट्रिय सूचना आयोग काठमाडौंले मोरङ जिल्लाका क्रियाशिल सुचनाका अभियन्ता राजु श्रेष्ठलाई ‘उत्कृष्ट सूचनाको हकको अभियन्ता’को रुपमा पुरस्कृत गरेको छ । सूचनाको हकको सर्वव्यापी पहुँचका लागि अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले . . .


लाहानमा मोबाइल पसल फोडेर १७ लाखको मोबाइल चोरी

बिराटनगर असोज १३ । सिराहाको लहानमा एउटा मोबाइल पसलको सटर फोडेर चोरी भएको छ। गएराति लहान बजारको हाम्रो मोबाइल पसलको सटर फोडेर करिब १७ लाख मूल्य बराबरको मोबाइल चोरी भएको हो । पसल सञ्चालक धनन्जय गुप्ताका अनुसार पसलमा ४७ थान महंगो मुल्य पर्ने मोबाइल चोरी भएको छ। उक्त पसल इलाका प्रहरी कार्यालयको नजिकै रह�. . .


मोरङको रतुवामाई नगरपालिकमा गुगल ब्वाई आदित्य दाहाललाई विशेष स्वागत सम्मान

सिजुवा असोज १३ ,  नेपालका गुगल ब्वाई भनेर चिनिने आदित्य दाहाललाई मोरङको रतुवामाई नगरपालिकमा विशेष स्वागत सम्मान तथा साक्षत्कार कार्यक्रम गरिएको छ । रतुवामाई नगरपालिका कार्यलयमा आयोजित कार्यक्रममा आदित्य दाहाललाई नगर प्रमुख रविन राई, उप प्रमुख दयन्त देवी चुडाल, प्रमुख प्रसाशकिय अधिकृत मदन घिमिरे रत. . .


सुनसरीको हरिनगर गाउँपालिकाको जैविक खेतीमा जोड

इनरुवा, असोज १३ । बढ्दो रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्न थालेपछि सुनसरीको हरिनगर गाउँपालिकाले जैविक खेतीमा जोड दिएको छ । जैविक मलको विधि र रासायनिक खेतीको विधिको तुलनामा बराबर वा अधिक उत्पादन जैविकमै हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । खेतमा असर नपर्ने र �. . .


गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जना कैदमुक्त

सोलुखुम्बु असोज १३ । जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । सोलुखुम्बुको साविक चौरीखर्क गाविस–८ का दावाकाजी शेर्पा, �. . .


मोरङको जेफाले बिहार देखि बंगालसम्मको रोजाई, समस्या भौतिक पुर्बाधार र सडक संजालको

विराटनगर, १३ असोज । मोरङ र धनकुटाको संगमस्थलमा पर्ने जेफाले डाँडा मोरङ जिल्लाको पर्याटकिय स्थल हो । यो पर्यटकिय क्षेत्र केरावारी गाउँपालिका वडा नम्बर २ मा अबस्थीत छ । विराटनगरबाट ६७ किलोमिटर उत्तरमा पर्ने यो स्थल १ हजार ९ सय ८० मिटरको उचाइमा मनोरम हावेचौरी गाउँ छ । ३५ घरघुरी भएको उक्त बस्तीदेखि करिब प�. . .


झापाको एक बिध्यलायामा १० जोडी जुम्ल्याहा बालबालिका पढ्दै

टीकाराम उप्रेती झापा, असोज १३ गते । एक दुई जोडीमात्र होइन, १०/१० जोडी जुम्ल्याहा त्यो पनि एउटै विद्यालयमा । सुन्दा सबैलाई आश्चार्य र अनौठोे लाग्न सक्छ तर यस्तै संयोग मिलेको छ, झापाको एउटा विद्यालयमा । एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा बालबालिका पढ्ने गर्दछन् । झापाको कचनकवल गाउँपालिका–२ सुकुनाडिकी�. . .


शनिवारीय बिशेष : विराटनगरमा थारु मोडल कला संस्कृती संरक्षणमा, यस्ता थिए थारु परिकार

प्रेम देवान विराटनगर, १३ असोज । पुराना परिकार नयाँ पुस्ताले भुल्दैछन् । युवा पुस्तामा थारु परिकार बनाउने चलन हराउँदै जान थालेकोमा जानकारहरु पनि चिन्तित छन् । तर यतिबेला थारु युवा युवती मोडलहरु यसलाई जिवन्त राख्न लागि परेका छन् । थारु कला केन्द्रले युवा युवतीहरुमा भएको प्रतिभालाई बाहिर ल्याउन प्रदेश. . .


म्युजिक खबर अवार्डको लागि ख्यातिप्राप्त कलाकार विराटनगर ल्याउने तयारी तिब्र

विराटनगर, १३ असोज । आगामी असोजको १९ गते विराटनगरको विरेन्द्र सभागृहमा आयोजना हुने ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को सातौं संस्करणको तयारी तिब्र पारिएको छ । स्तरिय एवं मौलिक संगितको धार नेपाली गित संगितको आधार नामक नाराका साथमा सो अवार्ड कार्यक्रम हुन लागेको हो । मुलुक भित्र सांस्कृतिक पर्यटन प्रवद्र्�. . .


प्रेस युनियन मोरङको अध्यक्षमा रोहितकुमार लुइँटेल निर्वाचित

विराटनगर , १३ असाेज।  नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा रोहितकुमार लुइँटेल निर्वाचित भएका छन् । चार वर्षमध्ये पहिलो दुई वर्षे कार्यकालका लागि लुइँटेल विजयी भएका हुन ।  विराटनगरमा सम्पन्न आठौ महाधिवेशनले सर्वसम्मत रुपमा कूल चार वर्षे कार्यकालका अध्यक्षमा लुइँटेल र भोजराज बस्नेतलाई निर्वाचित गरे�. . .