समाचार

राप्रपा नेपालले हाम्रो बन्द हैन भने पनि , पुर्वमा बन्द गर्दै

बिर्तामोड, ६ साउन ।  हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपालले गरेको नेपाल बन्दका कारण झापालगायत पूर्वी जिल्लाको जनजीवन प्रभावित बनेको छ । राप्रपा नेपालका कार्यकर्ताले बिर्तामोडमा सवारी साधनको चाबी खोसेर बन्दको अवज्ञा नगर्न चेतावनी समेत दिएका छन् । प्रहरी ज्यादती भएको भन्दै बिरोधमा उत्रिएका नेत. . .


हिन्दु राज्यको माग गर्दै मुस्लिम निकाले जुलुस

  झापा । संविधानको मस्यौदा सुझावका धर्म निरपेक्षताको माग व्यापक रुपमा आइरहेको समयमा झापाका मुस्लिम समुदाय पनि हिन्दु राज्यको माग गर्दै प्रर्दशन गरेका छन्। राप्रपा नेपालले आयोजना गरेको प्रर्दशनमा मुस्लिम समुदायहरु धर्मपरिवर्तन रोक्ने काम बन्द भन्दै प्रर्दशनमा उक्रिएका छन् । उनीहरुले राप्रपा न. . .


झापाली धार्मिक स्वतन्त्रताको पक्षमा

  प्रदीप परियार झापा । संविधानको प्रस्तावित मस्यौदामा झापाली जनताले धार्मिक स्वतन्त्रताको पक्षमा सुझाव दिएका छन् । जिल्लाको ७ वटै निर्वाचन क्षेत्रमा सोमबार भएको सुझाव संकलनमा जनताले संविधानको प्रस्तावित मस्यौदामा संघीयता, धर्म, थ्रेसहोल्ड, नामाङ्कन, सीमाङ्कन लगायतका विषयमा मिश्रित सुझाव दिएक�. . .


बेग्लाबेग्लै स्थानमा धारीलो हतियार प्रहारबाट दुई घाईते

मोरङ, साउन ६ गते। मोरङ र सुनसरीको दुई स्थानमा धारिलो हतियार प्रहारबाट मंगलबार दुई जना घाइते भएका छन्। मोरङको सुन्दरदुलारी नगरपालिका १ बस्ने २२ वर्षिय दिपक लिम्बुलाई सोही ठाउँ बस्ने २० वर्षिय अमर कार्कीले कैचीले प्रहार गरी घाइते बनाएका छन्। सांझ करिब २२१५ दुबै विच सामान्य विवाद हुँदा कार्कीले लिम्�. . .


उर्लाबारी र इटहरीमा प्रहरी र प्रदर्शनकारीबचि झडप

विराटनगर,  ५ साउन : संविधानको मस्यौदाको सुझाव संकलनका क्रममा मंगलबार  भएको छ । मोरङ क्षेत्र नं.९ का सभासद डिगबहादुर लिम्बू र तारादेवी राई सहभागी रहेको मस्यौदा सुझाव संकलन कार्यक्रममा झडप भएको हो । लिम्बुवान् कार्यकर्ताले नाराजुलुस गर्दै कुर्सी तोडफोड गर्न थालेपछि प्रहरीले रोकेको थियो । लिम्बुवान्का . . .


लियो जिल्ला परीषद ३२५ A1 को तालिम सम्पन्न

  प्रेम देवान विराटनगर ५ साउन । लियो जिल्ला परीषद ३२५ A1 को अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ । एक दिने अभिमुखिकण कार्यक्रम अन्र्तगत एरीया ईस्ट रिजन १,२ र ३ का क्लवहरुको सहभागिता रहेको थियो । कार्यक्रममा हरेक बर्ष नयां लियो क्लवका अध्यक्ष, सचिव , कोषाध्क्ष लगायत नयां सदस्याहरुलाई क्लवको भुमिका, दायित�. . .


अरुण नदीले बगाएर बालक बेपत्ता

संखुवासभा, साउन ५ संखुवासभा जिल्लास्थित अरुण नदीले बगाएर सोमबार एक बालक बेपत्ता भएका छन्। मकालु गाविस ७ बस्ने १३ वर्षिय भिम बहादुर राईलाई माछा मार्नेक्रममा नदीले बगाउँदा बेपत्ता भएका हुन। दाजु दिर्घ बहादुर राईसंग माछा मार्न गएका उनलाई मध्यान्ह करिब १२ बजेतिर खोलामा पस्ने बित्तिकै खोलाले बगाएको थ. . .


मोरङको गोविन्दपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोरङ, साउन ५ गते। मोरङको गोविन्दपुर ७ मा सोमबार दिउँसो एक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। दुर्घटनामा को. १६ प ९२७४ नं. को मोटरसाइकलका चालक मोरङ डाँगीहाट ३ बस्ने जंग बहादुर राजवंशीको मृत्यु भएको छ। सोमबार दिउँसो १३३० बजे दक्षिणबाट उत्तरतर्फ जानेक्रममा उनी सवार मोटरसाइकल गोबिन्दपुर �. . .


“पिडितसंग प्रहरी” विषयक एक दिवसीय अन्तरकृयात्मक कार्यक्रम

ताप्लेजुङ, साउन ५ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अपराध अनुसन्धानलाई पिडित मैत्री बनाउने उदेश्यकासाथ आईतबार “पिडितसँग प्रहरी ” विषयक एक दिवसिय अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ। प्रहरीको कामकारवाहीलाई जनउत्तरदायी एवं जवाफदेही वनाउने उदेश्यका आयोजना गरिएको उक्त कार्यक्रममा जिल्ला �. . .


बन्दको प्रभाब बिराटनगरमा पनि

बिराटनगर साउन ५ , मधेसी मोर्चाले आवहान गरेको मधेस बन्दको प्रभाब बिराटनगरमा पनि परेको छ । बिराटनगरबाट लामो दुरीका लागी छुट्ने सवारी साधन चल्न सकेका छैनन भने बजार फाट्ट्फुट्ट खुलेको छ । बिराटनगरको चोक चोकमा मोर्चाका कार्यकर्ता समुहमा देखिन्छन । मोटरसाइकल , रिक्सा , टेम्पो भने चलिरहेका छन । संविधानको प्र. . .


“एउटा सपना पुरा भयो ” – सिदान्त लोहनी (Exclusive)

  बिबेक दाहाल बिराटनगर साउन ५ जर्सी सँगको खेल पछी बिराटनगरका एउटा खेलाडीको जिवन नै परिवर्तन भएको छ । सिदान्त लोहनी आज बिराटनगरको मात्रै नभएर नेपाल कै हिरो भएका छन । २७ रन को उनको खेलले उनलाई साधारण खेलाडीबाट भबिस्यको सितारा बनाएको छ ।  हाल स्कटल्याण्डमा रहेका सिदान्तसँग आवर बिराटनगर डट नेटले कुरा �. . .


सुझाव संकलनका क्रममा मोरङको क्षेत्र नम्बर ५ मा तनाव

विराटनगर, ४ साउन : संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनका क्रममा मोरङको क्षेत्र नम्बर ५ मा तनाव भएको छ । रानीस्थित मिल्स माविमा राखिएको क्षेत्र नम्बर ५ को सुझाव संकलन केन्द्रमा पुगेका संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुले सुझाव संकलनको काम कोठाभित्र नभई चौरमा गर्नुपर्ने माग गरेपछि वा. . .