विराटनगर आकृती रानी फुयल आज बिराटनगर महानगर भित्र रहेका ३० जना बिभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुलाई कोरोना बिरुद्धको खोप लगाइएको छ। विराटनगर महानगरपालिकाले अपाङ्ग महासंघ प्रदेश १ कार्यालय विराटनगर ,सामर्थ्य समाज. . .
विराटनगर विराटनगरमा आर्थिक विकास र आर्थिक पत्रकारिता विषयक एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम उद्योग संगठन मोरङ, आर्थिक पत्रकार समाज नेपाल (सेजन ), पत्रकार महासंघ प्रदेश नम्बर १ र मोरङ शाखाद्धारा संंयुक्त आयोजनामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा विराटनगरलाई केन्द्र बन. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको रेडियोलोजी विभाग जनशक्तिविहीन हुँदा सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ । दरबन्दी अनुसार रेडियोलोजिष्ट नहुँदा अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीले रेडियोलोजी सेवाबाट बन्चित हुनु परेको हो । सरकारी अस्पतालमा सेवा लिन आएका सेवाग्राहीले सोमबार सुविधा नपाए�. . .
विराटनगर । बिराटनगर महानगरपालिका २ दुर्गा चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–६ का २३ बर्षीय निरज गोडी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको थियो । पक्रा�. . .
विराटनगर । विराटनगरमा चार दिन अगाडी भएको सवारी दुर्घटनामा घाइते एक व्यक्तिको अझैसम्म पहिचान खुल्न सकेको छैन । गत साउन १४ गते विराटनगर–११ महेन्द्र चौकमा मोटरसाइकलको ठक्करबाट घाइतेको अझै पहिचान खुल्न नसकेको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ८ प ५३३९ नम्बरको मोटरसाइकलले अन्दाजी ६० वर्षका जस्ता. . .
प्रेम देवान विराटनगर । पछिल्लो समय विराटनगर लगायत मोरङ जिल्लाका विभिन्न स्थानहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मोरङ प्रहरीले सडकमा मास्क नलगाई हिड्नेहरुलाई कडाई गर्न थालेको छ । मोरङ जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमित संख्या बढ्दै जाँदा सील भएसँगै प्रहरीले स्वास्थ्य सुरक्षा मापदण्�. . .
विराटनगर । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा मोरङमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सचेत रहन जिल्लावासी नागरिकलाई आग्रह गरेको छ । संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बन्दै जाँदा संक्रमितको संख्या बढ्दै गएकोले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको ह. . .
विराटनगर । सेयर बजारको प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा नासा इन्भेस्टमेन्ट प्रा।लि। स्थापना भएको छ । सेयर खरिद बिक्री बाहेकका सेयरसम्बन्धी कामहरु गर्ने गरि नयाँ कम्पनि सञ्चालनमा आएको हो । २५ लाख रुपैयाँ लगानीमा स्थापना भएको कम्पनीले अहिले ६ जनालाई रोजगारीसमेत दिएको छ । कम्पनीले सेयर खरिद ब�. . .
आदरणीय नगरप्रमुखज्यू, कथित ‘खोप काण्ड’ मा केही न केही राजनीति घुसेको पक्कै हो। संघारमा पार्टीको चुनाव अनि प्रतिरोध गर्न उर्बर वातावरण भएपछि मौका कसैले पनि गुमाउँदैन ! यस्तै घातप्रतिघातको निष्कर्षले नै त नेता जन्माउने र नेता सिध्याउने रहेछ नि ! तर, एउटा मननयोग्य कुरा गर्नै पर्नै भयो। यदि अहिलेसम्म मह�. . .
विराटनगर । पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित हुनु भएको छ । क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा आयोजित एक कार्यक्रमबीच नगदसहित सम्मान गरिएको हो । मोरङ क्याम्पसको स्थापना विक्रम सम्वत् २०१२ साल साउन १६ गते भएको थिय�. . .
विराटनगर । जीउ मास्ने बेच्ने मुद्दामा ११ वर्ष २ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका विराटनगर–१७ का सन्जय यादवलाई मोरङ प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । यादव विरुद्ध दुईवटा उस्तै प्रकारका मुद्दामा ११ वर्ष २ महिना १० दिन कैद र ५० हजार जरिवाना र अर्को त्यस्तै मुद्दामा उति नै अवधी कैद र १५ हजार जरिवा�. . .
विराटनगर । उद्यमशिलता विकासका लागि महिला उद्यमीहरुका लागि प्रवाह हुने कर्जा सुविधा, कर्जा प्राप्ती, कर्जा प्राप्तीमा सहयोग पु¥याउन उद्योग संगठन मोरङले संस्थागत सहजीकरणका लागि छलफल सुरु गरेको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समितीले महिला उद्यमीद्वारा सञ्चालित उद्योगको विकास र विस्तारका लागि आवय�. . .