पुर्व

विराटनगरका एक व्यापारीसहित साढे चौधलाख मूल्यको कपडा इटहरी प्रहरीको नियन्त्रणमा

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले भारतबाट अवैध रुपमा चोरी पैठारी गरि नेपाल भित्र्याइएको १४ लाख ५२ हजार ४५० मूल्य बराबरको कपडासहित विराटनगर–५ का एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । इटहरी–८ स्थित कोशी राजमार्गमा १ ज २१८८ नम्बरको छोटा हात्ती म्याजिक गाडीमा लोड गरिएको अवस्थामा रहेको कपडासहित विरा. . .


विराटनगरको सिर्जना फाइनान्स सिटिजन्ससँग ‘मर्ज’ हुँदै

विराटनगर। बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स सिटिजन्स बैंक इन्टरनेसनलसँग मर्जरमा जाने भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रममा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले स�. . .


मोरङमा बलात्कारका घटना : संलग्न पक्राउ गर्न सफल नै छ प्रहरी

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ राजबंशी टोलकी बालिकामाथि सोमबार राती दुईजनाले जर्बरजस्ती करणी गरेका छन् । घटनामा संलग्नको पहिचान खुलेपनि उनीहरु भने पक्राउ परेका छैनन् । घटनामा संलग्न दुईजना युवाले बालिकालाई घरबाटै उठाएका थिए । घरमा रहेको अवस्थामा बालिकालाई मोटरसाइकलमा राखेर लगिएको र रानी भेड. . .


बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले रु १ हजारमै कोरोना परिक्षण थाल्यो

विराटनगर, माघ २८ विराटनगरको बरगाछी स्थित बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले रु १ हजारमै कोरोना परिक्षण गर्न थालेको छ । ल्याबले हालसम्मकै सवैभन्दा सहुलियत र सस्तो शुल्कमा परिक्षण गर्न थालेको हो। बिराटनगर ४ (अच्युतमिल) मा रहेको उक्त ल्याबलाई गत कात्तिक ७ गतेदेखि नेपालका प्रतिष्ठीत उद्�. . .


किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित

सङ्खुवासभा, माघ २८ जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथाङ. . .


इटहरीमा एघारसय अपाङ्गता भएका व्यक्तिहरुले लिए घरमै स्वास्थ्य परीक्षण सेवा

इटहरी । इटहरी उपमहानगरमा अपाङ्गगता भएका ब्यक्ति तथा वालवालिकाका लागि भएको निशूल्क स्वास्थ्य शिविरमा एक हजार १०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । माघ १८ देखि २७ गते सम्म स्वास्थ्य शिविर आयोजना गरिएको हो । प्रत्येक वडाका अपाङ्गगता भएका ब्यक्तिहरुलाई सहज हुने स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको . . .


नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ काकरभिट्टाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३३ बर्षीय शम्भु भण्डारी र २५ बर्षीय दिलिप लिम्बुलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार राती साँढे ७ बजे पक्राउ गरेको �. . .


मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा मंगलवार राती मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाईकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका–४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिंदा घाईते भएका साहको उपचारको क्रममा धरानमा मृत्यु भएको हो । घाइते उनलाई. . .


लियो क्लब अफ बिराटनगर ए वान द्वारा अन्तराष्ट्रीय क्लब ट्विनिङ कार्यक्रम सप्पन्न

विराटनगर ,माघ २७ लायन्स क्लब अन्तराष्ट्रीय अन्तर्गत लियो बहुमुखि जिल्ला ३२५ नेपाल र लियो बहुमुखी जिल्ला ३०६ श्रीलंका को संयुक्त आयोजनामा अन्तराष्ट्रीय क्लब ट्विनिङ कार्यक्रम सप्पन्न भएको छ । ट्विनिङ कार्यक्रम अन्तर्गत आज लियो क्लब अफ ए वान बिराटनगरले लियो बहुमुखी जिल्ला ३०६ श्रीलंकासंग समन्वय . . .


केराबारी सतिसालेबाट ट्रकमा लोड गरिएका ६७ गोरु प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङको केराबारी–५ सतिसालेबाट ट्रकमा लोड गरिएका ६७ वटा गोरु प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय केराबारीले ना ६ ख ६१३२ नम्बरको ट्रकसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणपछि अनुसन्धान गर्दा सिन्धुपाल्चोकका ठेकेदार विश्व बस्नेतले अवैध रुपमा गोरु तस्करी गरेर ल्याएको ख�. . .


जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य

फुङ्लिङ, माघ २७ ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउँदै आएको ताप्ल�. . .


विद्यार्थीको लागि “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरीमा हुँदै

विराटनगर । विद्यार्थीको लागि जीवनउपयोगी “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरीमा हुने भएको छ । माघ २९ गते बिहिबार आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा इटहरीमा उक्त कार्यक्रम हुने भएको हो । “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरी स्थित सुन्दरहरैँचा ४ मा रहेको इटहरी इन्टरन्यासनल कलेज हुन�. . .