समाचार

तराई–मधेश विशेष पूर्वाधार कार्यक्रम : मोरङ र सुनसरीमा ३८ सडक आयोजना थप

विराटनगर, १५ चैत । तराई–मधेश विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत मोरङ र सुनसरीमा ३८ सडक आयोजना थप भएका छन् । जिल्लाको दक्षिण  क्षत्रका बासिन्दालाई राष्ट्रिय राजमार्गको पहुँचमा जोड्न चालु आर्थिक वर्षमा नयाँ आयोजना थपिएका हुन् । गतवर्षदेखि उत्तर–दक्षिण सीमा आयोजनाको रुपमा सडक निर्माण थालिएको थियो । . . .


बेलवारी नगरपालिकामा पहिलो पटक नगर प्रहरी भर्ना

बेलवारी, १५ चैत । बजार ब्यबस्थापन, अनुगमन तथा सडक अतिक्रम लगायतका काममा सहयोग गर्न बेलबारी नगरपालिकाले पहिलोपटक नगर प्रहरीको ब्यबस्था गरेको छ । केही बर्षदेखि नगरपालिका भवन परिसरको सुरक्षाका लागि सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्डको मात्रै ब्यबस्था गरेको नगरपालिकाले २०७५ पुसदेखि नगर प्रहरीको �. . .


विराटनगर जुट मिल्समा अनियमितता, न्यायाधीशकाे अध्यक्षतामा जाचँबुझ आयोग गठन

विराटनगर, १५ चैत। सरकारले विराटनगर जुट मिल्समा भएको अनियमितता सम्बन्धमा छानविन गर्न जाचँबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले विराटनगर उच्च अदालतका न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाचँबुझ आयोग गठन गरेको हो । गत विहीबार र सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहद�. . .


झापामा नौमती बाजा जोगाउने चिन्ता

झापा, १५ चैत ।  कमल गाउँपालिका ६ का मुक्तिनाथ पोखरेलले गाउँमा हुने विवाह, व्रतबन्ध तथा अन्य उत्सवहरूमा नौमती बाजा नबजेको धेरै भएकाे सुनाए। पहाडमा छँदा बिभिन्न शुभ कार्यमा बज्ने सहनाई, नरसिंगा, ढोलक लगायतका आवाजले गाउँपखेरा नै घन्किने गरेको सम्झना उनमा ताजै छ। तर अचेल त्यस स्थानमा बिभिन्न विद्युतीय उ�. . .


विराटनगरका ब्यापारीकाे आन्दाेलन : औद्योगिक क्षेत्रमा बैंक ब्याज १०% हुनुपर्ने

विराटनगर, १५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित उच्चस्तरीय औद्योगिक समस्या समाधान कार्यदलले औद्योगिक लगानीमा बैङ्कको अधिकतम ब्याजदर १० प्रतिशत हुनुपर्ने सिफारिस गरेको छ । अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीका संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले अर्थ मन्त्रालयमा  प्रतिवेदन बु�. . .


फागुन २८ गते हराएका ब्यक्तिको शब तमोरमा भेटियो

तेह्रथुम, १५ चैत । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हात्तीखर्कको तमोर नदीको किनारमा सडेगलेको अवस्थामा एक शव फेला परेको छ । शव इलाम नगरपालिका–९ बस्ने ६४ वर्षीय खुसप्रसाद लुइँटेलको रहेको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक राकेशकुमार पोद्दारले जानकारी दिए । शव पूर्ण�. . .


विराटनगरमा प्रहरीलाई सफलता : मोटरसाइकल चोरी गर्ने गिरोहका एक जना समातिए

विराटनगर चैत १५, लामो समयदेखि विराटनगरमा मोटरसाइकल चोरिमा संम्लग्न चोरहरुको खोजी गरिरहेको प्रहरीलाई एउटा सफलता हात लागेको छ । विहिवार बेलुका चोरीमा सम्लग्न एक व्यक्तिलाई विराटनगर स्थित वार्ड नं. ४ पिपलचोक छेउको एक घरबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । अन्य २ जना चोरहरु भने भाग्न सफल भएको प्रहरील�. . .


युवा पुस्तामा चम्केकी सावित्रा : विराटनगरमा सबैकी साम्बा, प्रेममा भन्दा फुटवलमा रमाउँछिन्

प्रेम देवान विराटनगर १४ चैत । भर्खरै मात्र उमेरले २१ वर्षको दौरानमा रहेकी राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) । उनी दश भित्र मात्र हैन अन्तराष्ट्रिय स्तरमा नै परिचित छिन् । लम्जुङको घलेगाउ“मा जन्मिएकी सावित्रालाई फुटबल खेलमा नेपालका रेफ्री शुक्र लामाले ल्याए । आर्थिक अभाव र विकट. . .


अबैध हतियार बुझाउने क्रम शुरु, विराटनगरमै २ जनाले ३ थान हतियार प्रहरीलाई बुझाए

विराटनगर, १४ चैत । घरमै राखेको बन्दुक प्रहरीलाई बुझाउने क्रम शुरु भएको छ । अबैध रुपमा घरमा राखिएका बिस्फो६क पद्धार्थ तथा हतियारहरु प्रहरीलाई बुझाउ क्रम शुरु भएको । सोही क्रममा बिराटनगरका २ जनाले हतियार प्रहरीलाई बुझाएका छन् । अवैध रुपमा घरमा राखेको तीनवटा बन्दुक जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाए�. . .


प्रदेश १ सरकारको बजेट खर्च कमजोर, सांसदले गरे प्रदेश सरकारको आलोचना

विराटनगर, १४ चैत । प्रदेश सरकारको बजेट खर्चको अबस्था कमजोर रहेकोमा सांसदहरुले कडा आलोचना गरेका छन् । प्रदेश सरकारको योजना अनुसार बजेट कार्यान्वयन हुन नसकेको भन्दै सरकारलाई ३ महिना भित्र बजेट खर्च गर्ने आधार प्रस्तुत गर्न माग गरे । प्रदेशको बजेट खर्च १२ प्रतिशत मात्र भएको तर समय ७८ प्रतिशत सकिएकोले �. . .


प्रदेश १ संसदमा पहिलो पटक यौन ब्यवसायलाई बैधता दिने बिषय प्रवेश,महिला सांसदको प्रतिवाद

विराटनगर, १४ चैत । प्रदेश १ को संसद्मा पहिलो पटक यौन व्यवसायलाई वैद्यता दिने विषयमा आवाज उठेको छ । संसद्को चालु अधिवेशनमा पेश भएको पर्यटन विद्येयकमाथिको छलफलमा बोल्ने केही सांसद्ले यौन व्यवसायको वैधानिकताबारे सोच्ने बेला आएको बताएका हुन्। इलामको प्रतिनिधित्व गर्ने सांसद् रामबहादुर मगरले बुधबारक. . .


उर्लाबारीमा प्रधानमन्त्री ओली मदन भण्डारी स्मृति प्रतिष्ठानमा आउने

लेटाङ  चैत१४ , प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १७ गते आईतबार उर्लाबारी आउनु हुने भएको छ । उर्लाबारी – ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको १८ औँ साधारणसभा उद्घाटनका लागि प्रमुख अतिथीका रुपमा प्रधानमन्त्री ओली आउनुहुने कार्यक्रम रहेको प्रतिष्ठानका सचिव डिपी राईले जानकारी दिएका छन। रा. . .