विराटनगर

विराटनगरकाे विशाल चाेकमा आगलागी, डेढ लाखको क्षति, एकजना घाईते

विराटनगर, १९ असाेज ।  विराटनगर महानगरपालिका-५  विशाल चौकमा  अागलागी भएकाे छ । स्थानीय मुन्नी खातुनको घरमा आगलागी भएको हाे । खातुनको घरमा अचानक ग्याँस लिक भई आगलागी हुँदा करिब १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । आगलागीबाट टिनको छानो भएको २ कोठे घर तथा सम्पूर्ण सर-सामान जलेर नष्ट भ�. . .


“६३ औं प्रहरी दिवस” को अवसरमा रक्तदान कार्यक्रमको आयोजना

बिराटनगर,१९ असाेज ।  “६३ औं प्रहरी दिवश” २०७५ को अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कर्यालय विराटनगरले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी असाेज २३ गते पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा नेपाल रेडक्रस सोसाईटी विराटनगर शाखासंगको सहकार्यमा  कार्यक्रम गर्न लागिएकाे. . .


उर्लाबारीमा अजिंगरले सिंगै मृग निल्यो

विराटनगर,१९ असाेज । नेपाली समाजमा एउटा आहान छ– अजिंगरको आहारा दैवले आफैं जुराउँछ । उर्लाबारी नगरपालिकाको सिमसार क्षेत्रमा अजिङ्गरले एउटा सिंंगै मृग निल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहीबार दिउँसो स्थानीय बेतेनी सिमसार क्षेत्रमा मृग निल्दै गरेको अवस्थामा अजिङ्गर भेटिएको हो । तीव. . .


विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा,थाल्यो ‘सुतली’ उत्पादन

विराटनगर असोज १९ । ऐतिहासिक र मुलुकको जेठो उद्योग विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा छ ।  यसअघि पटक–पटक सञ्चालन भएर उत्पादनै नगरी बन्द भएको यो मिलमा  यसपटक जुटको सुतली उत्पादन भइरहेको छ । पहिलो चरणमा जुटको सुतली उत्पादन गरेर बजारमा लग्ने मिल सञ्चालकको लक्ष्य छ । दोस्रो चरणमा जुटको बोरा र तेस्�. . .


बिराटनगर महानगरपालिकामा बम बिस्फोट गराउने तीन जना धरौटीमा छुटे

विराटनगर, असोज १८ ।  विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट गराएको आरोपमा पक्राउ परेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी) का तीन जना ३८ हजार धरौटी बुझाएर छुटेका छन् । विराटनगर महानगरमा बम बिस्फोट गराएको आरोपमा गत भदौको दोस्रो साता पक्राउ परेका तीन जनालाई जि. . .


पूर्वराजा ज्ञानेन्द्रकाे चिया बगानले ५ करोड कर तिर्न बाँकी, जरिवाना नै करोडभन्दा बढी

  विराटनगर, १९ असाेज । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापाको दमक नगरपालिका–४ र ९ मा अवस्थित हिमालय महालक्ष्मी चिया बगानले ५ करोड ३० लाख रुपैयाँ कर तिर्न अटेर गरेको छ । २०६३ सालदेखि शाह नागरिक हैसियतमा फर्किएदेखि बगानले कर तिरेको छैन । पटक–पटक ताकेता गर्दा समेत कर तिर्न अटेर गरेको दमक. . .


विरेन्द्र सभागृहमा ख्याती प्राप्त कलाकारको जमघट हुदै,‘म्यूजिक खबर म्यूजिक अवार्ड’ अाज

विराटनगर, १९ असोज । विराटनगरको विरेन्द्र सभागृहमा ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को आज सातौं संस्करण हुँदै छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको जमघट शुरु भएको छ । ‘स्तरीय एवं मौलिक संगीतको धार–नेपाली गीत संगीतको आधार’ नाराका साथमा आज विरेन्द्रसभा गृहमा ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ कार्यक्रम. . .


विराटनगरमा उपभोक्ता ठग्दै ब्यापारी, ४सय ७५को जुत्ता ३ हजार ९ सयमा बिक्री भएकाे भेटियाे

विराटनगर, १९ असोज । विराटनगरमा खुलेका रडिमेट पसलले दशैको मुखमा अचाक्ली मुल्यबृद्धी गरी कालो बजारी गरेको पाईएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा भएको अनुगमनका क्रममा रेडिमेट कपडा पसलले आठ गुणा भन्दा बढी मुल्यबृद्धी गरी कालो बजारी गरेको पाईएको हो । अनुगमनका क्रममा बिराट�. . .


विराटनगरमा चोरी (भिडीयो अपडेट), दिन–दहाडै यसरी भएको थियो घटना

प्रेम देवान विराटनगर, १८ असोज । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार आँउदै गरेको चाडपर्वलाई लक्षित सुरक्षा योजना सार्बजनिक गर्यो । मोरङ जिल्लाभरी सादा पोसाकमा साईकल गस्ती सहितको प्रहरी परिचालन गर्ने योजना पनि सार्बजनिक भए । करिब एक हजार प्रहरी परिचालन गर्ने भन्दै पत्रकार सम्मेलन गरेको १२ घण्टा नबि. . .


रानी प्रहरीलाई दशै लाग्यो, हरेक दिन सामान बरामद

विराटनगर, १८ असोज । ईलाका प्रहरी कार्यालय रानीले विभिन्न समयमा बरामद गरेको अवैध लत्ता कपडा आज भन्सार बुझाएको छ । ईप्रका रानी, सिमा प्रहरी चौकी, अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको ७५ हजार मूल्य बराबरको लत्ताकपडा, गाडीको पर्टपूर्जा, खाद्यान्न र पुजा सामाग�. . .


सुनिल शर्माले दिए चौतारी निर्मणमा सहयोग

बिराटनगर, १८ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलोको हाटखोलाका बृद्धबृद्धाले सम्मान गरेका छन् । सामाजिक सेवामा लागिपर्दै आएका शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमका गरी सम्मान गरेको हो । डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्�. . .


मुख्यमन्त्री राईद्धारा कर्मचारीलाई जनताको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन

विराटनगर, १८ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बिहिबार भूमिव्यवस्था, कृषी तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरको कार्यालय उद्घाटन गर्र्दैे मुख्यमन्त्री राईले . . .