विराटनगर

विराटनगरमा नक्कली औषधि प्रकरण, बिक्री गर्ने नाईके जेल चलान, ४ जना औषधि बिक्रेता धरौटीमा

विराटनगर, ३० साउन । विराटनगर, ३० साउन । नक्कली औषधि कारोवारीका नाईके जीवन अग्रवाल पुर्पक्षको लागि जेल चलान भएका छन् । औषधी पसलहरुमा नक्कली औषधीको बिक्री वितरण गर्ने मुख्य गिरोहका नाईके धरान ४ का ३८ वर्षिय अग्रवाल जेल चलान भएका हुन् । जिल्ला अदालत मोरङले अग्रवाललाई बुधबार पुर्पक्षको लागि थुनामा राख्न �. . .


नेकपा मोरङमा एकिकरण हुँदै , मोरङको जिम्मेवारी बाँड्न काठमाडौँमा बैठक

विराटनगर, ३० साउन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता एकता भएको तिन महिना पछि मात्र मोरङ जिल्लाको जिम्मेवारी बाँडफाँड अन्तिम चरणमा पुगेको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश र जिल्ला तहको एकता अन्तिम चरणमा पुगेसँगै पदिय जिम्मेवारी पनि बाँडफाँडको अन्तिम तयारी भएको हो । मोरङ जिल्ला सहित एक . . .


बच्चाको मृत्युपछि आफन्तको आरोप “गलत अौषधीले लियो ज्यान”

विराटनगर, ३० साउन । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ रामगंज बेलगछिया राजटोलमा बारुलाले टोकर उपचार गर्न आएका एक बालकको नोबेल अस्पताल बिराटनगरमा ज्यान गएको छ । मंगलवार साँझ बारुलाले टोकेपछि उपचारको लागि बिराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा भर्ना गरिएकोमा बारुलाको बिष निकाल्ने प्रबिधि नभएको भन. . .


सुरक्षित ट्याङ्कीमा कसरी हालियो बिष ? के सबै बिद्यालयको ट्याङ्की सुरक्षित छ ?

विराटनगर, ३० साउन । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेमा रहेको श्री माध्यामिक बिद्यालयको पानी ट्याङ्कीमा हालिएको बिषको बिषय अहिले सबैको टाउको दुखाई भएको छ । बुधवार बिद्यालयमा गएका बालबालिकाले खाएको पानीमा बिष भएको पाईएपछि बिद्यालय बन्द त भयो तर २९ जना बिद्यार्थी बिरामी परेपछि त्यसरी बिष हाल्न. . .


बिराटनगरमा व्याच्लर्स कप फुटबल सुरु,पथरी बहुमुखी क्याम्पस पहिलो खेलमा बिजयी

बिराटनगर साउन ३० , नेपाल विद्यार्थी संघ ईकाई कार्य समिति ईस्र्टन कलेज अफ ईन्जिनियरिङ्गले आयोजना गरेको जिल्ला स्तरिय व्याच्लर्स कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । बिराटनगर महानगरका मेयर भिम पराजुलीको प्रमुख आतिथ्य रहेको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सह-सचिब कृष्ण कार्की,इ. . .


बिराटनगरको मेरिल्याण्ड एप्लाइड सीएको नतिजा उत्कृष्ट

बिराटनगर साउन ३० , नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानद्वारा प्रकाशित नतिजा अनुसार प्रदेश नं १ काे एकमात्र सिए पठनपाठन हुुने शैक्षिक सस्था बिराटनगरको मेरिल्याण्ड एप्लाइड करियर एकेडेमीबाट परिक्षामा सामेत बिद्यार्थीको नतिजा राम्रो आएको छ । सस्थाका संचालक मोहन सुबेदीका अनुसार कलेजबाट क्य�. . .


कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले ऋण असुल गर्यो

विराटनगर, साउन ३०।  कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष मा कूल रु १० अर्ब ९९ करोड १८ लाख ५७ हजार क्रृण लगानी गरेकामा रु ११ अर्ब १६ करोड ४५ लाख २५ हजार असुल गरेको छ । मेची–कोशी अञ्चलका १० जिल्लामा कार्य क्षेत्र रहेको यो बैंकको क्रृण असुली समग्रमा ११० प्रतिशत रहेको बैंकका . . .


अब रक्सी खाएर माछा मार्न नपाइने

अछाम,३० साउन ।  अछाम जिल्लाको रामारोशन गाउँपालिकाले असला माछा संरक्षणका लागि कैलाशखोला र आसपासका शाखा खोलाहरुमा माछा मार्नका लागि नियम बनाएको छ ।खोलामा हुने अवैध माछा मार्ने कार्यलाई निरुत्साहित गर्न तथा असला माछा संरक्षणका लागि गाउँ कार्यपालिका बैठकबाट नियम बनाई कार्यान्वयनमा ल्याइएको हो । गाउँप. . .


केशलिया खोलाले बगाएर विराटनगरका सजिन बेपत्ता

विराटनगर, २९ साउन  । विराटनगर महानगरपालिका-४ स्थित केशलिया खोलाले बगाएर मंगलबार दिउँसो २ बजे १ युवक बेपत्ता भएका छन् ।  साथीहरुसंग केशलिया खोलामा पौडी खेल्न गएका बिराटनगर उपमहानगरपालिका-१ बस्ने अन्दाजी वर्ष १९ को सजिन रौनियारलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता युवकको वडा प्रहरी कार्यालय वि�. . .


विराटनगर महानगरपालिका कर बढाउने निर्णयबाट पछि हट्यो

 विराटनगर,२९ साउन । विराटनगर महानगरपालिका कर बढाउने निर्णयबाट पछि हटेको छ । चौतर्फी दबाव बढेपछि महानगर कर बढाउने निर्णयबाट पछि हटेको हो ।महानगरपालिकाले आर्थिक ऐन २०७५ मा संशोधन गरी वृिद्ध गरेको करको दर, शुल्क तथा महशुल घटाएको हो । कार्यपालिकाको सम्पन्न बैठकबाट ऐन संशोधन गरी कर, शुल्क, महशुल, नवीकरण दस्. . .


विराटनगरको सडकमा अपाङ्गता भएका ब्यक्तिद्धारा सुतेर आन्दोलन, गरिखान पाउनु पर्ने माग

प्रेम देवान विराटनगर, २९ साउन । शारिरिक रुपमा अपाङ्गता भएका व्याक्तिहरुले भारतिय बजार जोगबनीबाट सामान ल्याउन प्रहरीले अवरोध गरेको भन्दै एक नम्बर प्रदेश मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छन् । जोगवनीबाट सामान ल्याएर विराटनगरका बजारमा बेचेर जिविको पार्जन गर्दै आएका आपङ्गहरुलाई सामान ल्याउन �. . .


विराटनगरमा शनिबार तिज विषेश कार्यक्रम हुने ।

विराटनगर , २९ साउन । विराटनगरमा तिज विषेश कार्यक्रम हुने भएको छ । विराटनगरमा भदौ २ गते शनिबार रोयल भेलभेट बुटिक र इन्सारा ब्युटी पार्लरको आयोजनामा तिज विषेश कार्यक्रम हुन लागेको हो । विराटनगरको विग होटलमा उक्त कार्यक्रम हुने आयोजक जिना श्रेष्ठले जानकारी दिईन् । कार्यक्रममा विभिन्न संस्कृतिक नृत्य , फ�. . .