विराटनगर

सिद्धार्थ बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

विराटनगर । सिद्धार्थ बैंकको विराटनगर शाखाले बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी विराटनगर रक्तसंचार सेवा केन्द्रसँगको सहकार्यमा बुधबार वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो। बैंकले आयोजना गरेको रक्तदान कार्यक्�. . .


फोहोरसँग अन्तरघुलन : आठ वर्षदेखि डंगुर पन्छाउँदै विराटनगरका गुलाब राय

विराटनगर । विराटनगर–६ ब्रम्हपुरा र सुनसरीको बर्जुगाउँपालिकालाई केशलिया खोलाले छुट्याएको छ । ठ्याक्कै केशलियाको किनार नजिक ब्रम्हपुरामा फोहोरको पहाड छ । भनौं, विराटनगर महानगरपालिकाको बिघ्न फोहोरको डंगुरले ब्रम्हपुराको समतल भू–भागलाई चुरे पर्वतमा रुपान्तरण गरेको छ । हेर्दा चुरे पर्वत देखिएपछि वा. . .


विराटनगरको केशलियमार्गबाट स्रोत नखुलेको १९ लाख बढी रकम सहित एक पक्राउ

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ६ केशलियामार्गबाट स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । मोरङ प्रहरीले बुधबार दिउँसो विराटनगरको केशलियाबाट सुनसरी देवानगंज ५ साहेवगंजका ४९ बर्षिय सुरे प्रसाद साहलाई पक्राउ गरेको हो । प्रहरीले शंखा लागि सोधपुछ गर्ने क्रम. . .


विराटनगरमा तीन दिने आत्मरक्षा सम्बन्धी तालिम सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा तीन दिने किशोरी आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले आत्मरक्षा तालिम लिएपछि किशोरीहरुमा आत्मविश्वास बढ्�. . .


विराटनगर महानगरको आयोजनामा नौमती पञ्चेबाजा सम्बन्धी तालिम सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि नौमती पञ्चेबाजासम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले एक समारोहका बीच उद्घाटन गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले महानगरले भौतिक संरचनाको विकास सँगसँगै अन्य क्षेत्र�. . .


‘मोरङ व्यापार ट्रेड एक्स्पो’ मा एसपीएलका ३५० प्रकारका सामान पाइने

विराटनगर । विराटनगरमा जारी ‘मोरङ व्यापार ट्रेड एक्स्पो’ मा प्लास्टिकका भाडा उत्पादन गर्दै आएको स्वस्तिक पोलिमर प्रालिका ३५० भन्दा बढी प्लास्टिकका सामाग्री राखिको छ । जारी व्यापार मेलामा स्वस्तिक पोलिमर प्रालिले ४ वटा स्टल लिएको छ । जसअन्तर्गत २७,२८,२९ र ३० स्टल नम्बरमा एसपीएल' ब्राण्डको सामान उपल. . .


‘महानगर बहुप्राविधिक शिक्षालय’ विराटनगरका प्राचार्यमाथि हातपात भएको दावी

विराटनगर । विराटनगर महानगरपालिकाद्वारा सञ्चालित महानगर बहुप्राविधिक शिक्षालयका प्राचार्य र सिटिईभीटीका कर्मचारीबीचको विवाद सतहमा आएको छ । सिटिईभीटीबाट खटिएकी संगीता पोखरेल र शिक्षालयका प्राचार्य ई.परिवेश पराजुलीबीच विवाद एक अर्कामा गालीगलौज र हात हालाहालसम्मको अवस्थामा पुगेको हो । प्राचार्य. . .


विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ खोटाङका २५ बर्षीय मिलन राईलाई शंका लागी �. . .


विराटनगरमा धुमधामका साथ मनाए चासोक तङनाम(उधौली )पर्व

सुजता लिम्बू विराटनगर । आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आईरहेका किराँत समुदायले उधौली पर्व मनाएका छन् । मंसिरे पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा र किराँत राई यायोक्खाले मंगलबार उधौली पर्व मनाएका हुन् । विराटनगर ११ साकेला थानमा क. . .


विराटनगर कारागारमा कैदीको मृत्यु प्रकरण : मिटरब्याजले व्यवहार खायो, कारागारले ज्यान

देवराज तामाङ विराटनगर । विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनी दश महिना २२ दिनको कैद भुक्तान गरेर सोमबार घर फर्कने दिन थियो । मिटरब्याजीको जालमा परेर उनी मोरङ कारागार पुगेका थिए । उनको अपराध भनेको ठेला छोडेर सिटी किन्न ऋण लिनु थियो । सहनी विरुद्ध लेनदेन ठगी मुद्दा थियो । मोरङ जिल्ला अदालतको २०७८ मंसि�. . .


नेपाली काँग्रेस कोशीद्वारा राष्ट्रियसभा निर्वाचनमा पूर्व मन्त्रीसहितको नाम सिफारिस

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रुपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरको हो । कांग्रेस कोसी प्र�. . .


पर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालभित्र मनाइने चाडपर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ । किराँत समुदायको महान् पर्व उधौली र नेवार समुदायले मनाउने यःमरी पुन्हिका अवसर शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले नेपालभित्र बसोबास गर्ने हरेक जातजातिको �. . .