रौतहटको चन्द्रपुर नगरपालिका–१० का एक व्यक्तिले नातीको व्रतवन्धमा आएका ५ जना आफन्तलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घाइतेमध्ये १ जनाको को अवस्था गम्भिर रहेको बताईएको छ । घाइतेहरुको चितवनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । आज बिहान २ बजेतिर सुतीरहेका आफन्तमाथि सापकोटाले खुकुरी प्रहार गरेको. . .
काठमाडौंको टुँडिखेलमा आजदेखि योग शिविर सुरु भएको छ । भारतका प्रसिद्ध योगगुरु रामदेवको उपस्थितिमा सुरु भएको योग शिविरको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको हो । राष्ट्रपतिले स्वास्थ्यको लागि योग महत्वपूर्ण हुने बताउनुभयो । पतञ्जली योगपीठ नेपालको आयोजनामा सञ्चालन भएको योग शिविर बिहान ५ �. . .
आज दशौं लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । विसं २०६२÷६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते सफल भएको दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइन्छ । १० वर्षसम्म सशस्त्र संघर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्. . .
बि सं २०५१ साल फाल्गुन ११ गते पिता राजेश लोहनी र माता लिना लोहनीको कोखबाट बिराटनगरमा जन्मेका हुन सिदान्त लोहनी । सानै उमेरबाट साथीभाईसँग क्रिकेट खेल्न सुरु गरेका उनि आज नेपाली क्रिकेटका उदाउदा सितारा भएर आएका छन ।यसै बिषयमा आवर बिराटनगर डट नेटका बिबेक दाहालले उनि सँग गरेको अन्तर्बार्ता : - तपाईंलाई क. . .
१० वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गर्ने मोरङ जिल्लको कोशीहरैचा–३ बस्ने धनकुटा हात्तीखर्क–४ का ४६ वर्षीय लोकनाथ सुवेदीलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । उनले बबियाबिर्ता–४ बस्ने ती बालिकालाई बैशाख ८ गते जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरी. . .
खाम गाबिस–४ गन्जर बस्ने ८३ वर्षीय तुलबहादुर थापाको उनकै सहोदर छोरा ६० वर्षीय बेलबहादुर थापाको लाठी प्रहारबाट बिहिबार मृत्यु भएको छ । सामान्य विवादको कारण बेलबहादुरले लाठी प्रहार गर्दा बेहोश भएका तुलबहादुरको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आव. . .
इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित सौदर्य प्रतियोगीता ‘मोडल हन्ट’ अब नेपालमा पनि आयोजना गरिने भएको छ । नेक्ष्ट मोडलस् नेपालले मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयम थप्ने उदेश्यले नेपालमै पहिलो पटक ‘मोडल हन्ट नेपाल २०१५’ आयोजना गर्ने भए�. . .
जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू झापा बिर्तामोड ४ का ५० बर्षिय तेजबहादुर बर्देवा, दमक १३ का बस्ने ३२ बर्षिय गणेश केसी र दमक ५का ३१ बर्षिय गुमानसिंह मगर हुन्। आज अपरान्ह साढे ५ बजेतिर दमक ११ स्थित पुरानो सव्जी बजारस्थित एक निर्माणाधीन घरमा जुवा �. . .
विराटनगरमा सम्पन्न तेस्रो विराट गोल्डकप फुटबल प्रतियोगिताको खर्च सार्वजनिक गरिएको छ । विराट गोल्डकप ट्रष्टले विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको हिसाव सार्वजनिक गर्दै प्रतियोगिताबाट ४ लाख रुपैयाँ बचत भएको जानकारी दिएको छ । प्रतियोगिता आयोजक समितिका अध्यक्ष राजेन्द्र राउतले गतबर्ष मा. . .
जिर्ण भाको पुलजस्तै भयो लोकतन्त्र सुक्नै लाग्या मुलजस्तै भयो लोकतन्त्र । राती सुत्दा मैले टाङ्ने प्वाल नै प्वाल भाको थोतृएको झुलजस्तै भयो लोकतन्त्र । फुल्ने बेला नभइकन पुरै ओइलाएर झार्नै लाग्या फुलजस्तै भयो लोकतन्त्र । भविष्यलाई बिर्सिएर डुली हिडिरहने अल्लारेको हुलजस्तै भयो लोकतन्त्र ।. . .
इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज दिल्ली डेयर डेभिल्स र मुम्बई इण्डीयन्स भिड्ने छन । यसअघि गयराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनायो । उसका लागि सुरेश रैनाले मात्�. . .
प्रबिन दाहाल / जाजरकोटमा सिजनल फ्लु संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धिमे ५ का ५६ बषिर्ष चमारो रावल रहेका छन् । यो संगै जाजरकोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । रुघाखोकी र ज्वरोले ग्रसित भएका विरामीहरु उपचारको पर्खाइमा छन् । रुघाखोकी र सिजनल फ्लुबाट ग्रसित भएका गम्भीर बिराम�. . .