विराटनगर

दलहरुलाई मिलेर अघि बढ्न सुझाव

बिराटनगर १८ कार्तिक । संबिधानसभाका उपाध्यक्ष पुर्णा कुमारी सुबेदीले बिकासमा राजनितिक प्रतिष्पर्धा हुन नहुने बताएकि छिन् । शुक्रबार बिराटनगरमा जी पी सेन्टर बिराटनगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलहरुबिच बिकासका लागी सहकार्य हुनुपर्ने धारणा राखेकी हुन । उनले दलका स्थानिय ने. . .


आफैलाई पेस्तोल हानेर प्रहरी जवानद्धारा आत्महत्या

विराटनगर, कार्तिक १७ । प्रहरीको सीआरभी टोलीमा कार्यरत एक प्रहरी जवानले आज बिहान पेस्तोल हानेर आत्महत्या गरेका छन् । विराटनगरको साल्ट ट्रेडिङ चोकमा सिआरभी टोलीमा ड्युटिमा रहेका विराटनगर –२० रानी घर भएका २८ वर्षीय प्रहरी जवान सञ्जय लामिछानेले आत्महत्या गरेका हुन् ।  बिहान साढे ५ बजे ड्युटीमा रहेक�. . .


कवि मन्जिलसँग अन्तरक्रिया हुने

विराटनगरमा युवाहरूले कवि मनु मन्जिलसँग अन्तरक्रिया गर्ने अवसर पाउने भएका छन् । कात्तिक १७ गते प्रोग्रसिभ लिटरली सोसाइटीले आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो अवसर पाउने भएका हुन् । कवि मन्जिलले युवाहरूसँग पत्रकार महासंघ मोरङको सभाहलमा करिब दुई घन्टा साहित्यसम्बन्धी कुराक. . .


छठ पर्वका अवसरमा सांगीतिक कार्यक्रम

विराटनगर, १५ कात्तिक । छठ पर्वको अवसरमा विराटनगर–१५ स्थित पिचरा नहरछेउमा भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । छठ पूजा समारोह समिति पिचराको आयोजनामा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी समारोहमा भजनकीर्तनसमेत प्रस्तुत गरिएको थियो । सो अवसरमा नेपाली क. . .


छठ पर्वको रौनकता बढ्यो

मोरङमा विगत वर्षहरूमा भन्दा छठ पर्वको रौनकता बढेको छ । मोरङका विराटनगरलगायत ग्रामीण क्षेत्रका नदी, खोला, पोखरी, तलाउ र नहरहरूमा भक्तजनहरूले मंगलबार अस्ताउँदो सूर्यलाई जल र फलफूल चढाएका छन् । पूजाका दिन मोरङको सिंघिया, केसलिया, डाँसखोला, बूढीखोला, सीताखोला, बक्राहाखोला, पुवाखोलालगायत नदी तथा खोला र पोख. . .


ज्ञानेन्द्रलाई फाँसीको सजाय सुनाउने जनआन्दोलनका न्यायधिसको निधन

विराटनगर, १४ कात्तिक । वरिष्ठ अधिवक्ता तथा प्रजातन्त्रका सेनानी विरबहादुर थापाको आइतबार राति ८४ वर्षको उमेरमा कोशी अञ्चल अस्पताल विराटनगरमा निधन भएको छ । उहाँ लामो समय देखि रक्तअल्पताबाट पिडित हुनुहन्थ्यो । उहाँको दिल्ली, काठमाडौं, धरान र विराटनगरमा उपचार गरिएको थियो । २००७ सालको क्रान्तिदेखिनै प्�. . .


जिल्ला प्रशासन कार्यालय मोरङमा बृक्षारोपण

विराटनगर/१३ कात्तिक आइतवार| चमेराको संरक्षणका लागि विराटनगरस्थित मोरङको जिल्ला प्रशासन कार्यालयको क्वाटर परिसरमा आइतवार वृक्षरोपण गरिएको छ । साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउडेशनको आयोजनामा गरिएको वृक्षरोपणको मोरङका प्रजिअ सुरेश अधिकारीले कदमका विरूवा रोपेर उद्घाटन गर्नुभयो । जिल्ल प्र�. . .


दुई लाख मूल्य बराबरको पटका पक्राउ

विराटनगर, ७ कात्तिक । अवैध रूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा करिब दुई लाख मूल्य बराबरको पटका मोरङ प्रहरीले पक्राउ गरेको छ । नगरका विभिन्न क्षेत्रमा चेकजाँचका क्रममा उक्त पटका पक्राउ गरेको हो । तिहारमा पटकाको माग अत्याधिक हुने भएपछि स्थानीय व्यापारीहरूले बालबालिकाको प्रयोग गरेर पटका . . .


कवयित्री जंगलको एकल कविता वाचन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औं जन्मजयन्तीको अवसर पारेर देवकोटा पुस्तकालयले कवयित्री ज्योति जंगलको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । पुस्तकालयको प्राङ्गणमा सोमबार आयोजित कार्यक्रममा कवयित्री जंगलले आफ्ना लोकप्रिय कविताहरू बेपत्ता मौसम, मेरो हिसाब, क्यान्टोनमेन्टबाट, नानी बगरमा . . .


खानेपानी समस्या समाधानमा सरोकारवाला निकाय मौन

खानेपानी, सरसफाई र स्वास्थ्यका क्षेत्रमा नगरभित्र देखिएका समस्याका विषयमा सरोकारवाला निकायहरू मौन देखिएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । सोमबार विराटनगरमा लुमन्ति आवासका लागि सहयोग समूह, विराटनगरको सहयोग र नागरिक सरोकार मञ्च नेपाल, विराटनगरको आयोजनामा भएको खानेपानी सरसफाई र स्वास्थ्यक�. . .


कम्प्युटर तालिमको समापन

विराटनगर, ७ कात्तिक । भाथिगछ गाविसमा कात्तिक १ गतेदेखि सुरु भएको ‘युवा क्षमता विकासको लागि सुचना प्रविधि’ भन्ने नाराका साथ आयोजना गरिएको कम्प्युटर तालिमको सोमबार समापन भएको छ । युवा क्षमता विकास तदर्थ समितीको आयोजनामा सुरु भएको कम्प्युटर तालिममा भाथिगछ गाविसका ३० जना युवाहरुको सहभागिता रहेको थि�. . .


३ पत्रकारलाई सम्मान गर्ने

विराटनगर कार्तिक ६ । दाहाल प्रतिष्ठान मोरङले यस बर्ष दुई पत्रकार सहित तिन जनालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, कान्तिपुरका भिम घिमिरे र साहित्यकार हरिप्रसाद बराललाई पुरस्कार प्रदान गर्न लागेको हो । प्रतिष्ठानले ‘अम्बिका पदमप्रसाद दाहाल सेवा कोष’ अन्तरग. . .