विराटनगर

पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रकको कार्यालयमातालाबन्दी

विराटनगर, ३ कात्तिक । पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका विभिन्न संकायका परिक्षाफल समयमा प्रकाशित नगरेको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रकको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । परिक्षाफल प्रकाशनका लागि गरिएको छलफलपछि पनि परिक्षाफल प्. . .


संवाद कार्यक्रम सम्पन्न

विराटनगर, ३ कात्तिक । सामुदायिक विकास एवम् जन सहयोग मञ्च र सृजनात्मक अनतराष्ट्रिय मञ्च काठमाडौंले संयुक्त रुपमा सामाजिक सम्वाद कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा नेपाली समाजको समस्या तथा सुधार गर्नु पर्ने विषयमा छलफल तथा सम्वाद गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्या�. . .


तिहारमा ३० लाख रूपैयाँको फूल आयात गरिने

विराटनगर, १ कात्तिक । विराटनगरमा फूलको अभाव हुँदै गएको बेला तिहारमा ३० लाख मूल्यबराबरको फूल आयात गरिने भएको छ । विराटनगरमा फूलको व्यावसायिक खेती कम भइरहेकाले फूलको अभाव भएका कारण भारतबाट आयात गरिन लागेको फूल व्यवसायीहरूले बताए । विराटनगरमा सञ्चालित एक दर्जन फूल व्यवसायीले तिहारमा फूलको अभावलाई कम �. . .


विराटनगर नगर क्षेत्रभित्र घरजग्गाको कारोबार उच्च

विराटनगर, १ कात्तिक । विराटनगर उपमहानगरपालिका क्षेत्रभित्र जग्गाको कारोबार अहिलेसम्मकै उच्च भएको छ । विगत दुई वर्षदेखि जग्गाको कारोबार तीव्र बनेको नगर क्षेत्रमा असारयता जग्गाको बेचबिखन अधिक भएको हो । चालु आर्थिक वर्षको चार महिनामा नगर क्षेत्रमा ६ हजार एकसय ९८ जग्गा किनबेच भएको छ । जिल्ला मालपोत का�. . .


मर्मत नगर्दा तिहारको मुखमा विराटनगरका सडक अन्धकारमय

विराटनगर, १ कात्तिक । बत्ती र फूलको चाड तिहार नजिकिँदै जाँदा विराटनगर उपमाहनगरपालिकाको सडकबत्ती लामो समयदेखि मर्मत हुन नसक्दा सडक भने अन्धकार भएको छ । नगरको अधिकांश वडामा सडकबत्ती मर्मत नगरेको हुनाले चिमहरू बल्ने अवस्थामा छैनन् । चालु आर्थिक वर्षको विद्युत बजेटमा नगरपालिकाले भारि कटौती गरेपछि सडक. . .


१७ बोरा अवैध सुर्ती बरामद

विराटनगर, १ कात्तिक । सशस्त्र प्रहरी भन्सार राजस्व गस्ती र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरीको संयुक्त टोलीले विराटनगर–१५ सरोचियाबाट अवैध सुर्ती बरामद गरेको छ । स्थानीय हेमा भट्टराईको घरमा लुकाई राखिएको १७ बोरा सुर्ती टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएको सुर्ती मंगलबार नै प्रहरीले भन्सार क�. . .


तङइलमुदो एशोसिएसनको समिति गठन

विराटनगर, १ कात्तिक । जुडो, कराँतेलगायतका मार्शल आर्टसँग सम्बद्ध खेलहरुका खेलाडिहरुको सञ्जालको रुपमा ‘तङइलमुदो एसोसिएसन नेपाल’को मोरङ जिल्ला कार्य समितिको गठन भएको छ । मंगलबार डिके विश्वासको अध्यक्षतामा उक्त नव समिति गठन भएको हो । नव गठित समितिको उपाध्यक्षमा रत्नेस झा, सचिवमा राजन घिमिरे, सहसचिव. . .


बसको ठक्करबाट मृत्यु साइकलयात्रीको मृत्यु

विराटनगर, १ कात्तिक । विराटनगर–रंगेली सडकखण्डअन्तर्गत सोराभाग–३ मा बसको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । विराटनगरबाट रंगेली जाँदै गरेको को १ ख २९६१ नम्बरको बसले मझारे–५ का ३५  वर्षीय साइलकयात्री लक्ष्मण पासवानलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने बस. . .


लघुवित्तसम्बन्धी कार्यशाला सम्पन्न

विराटनगर, ३० असोज । वर्तमान समयमा आर्थिक विकासका लागि लघुवित्त संस्थाहरुको भुमिका र अवस्थाबारे विराटनगरमा ‘सामाजिक आर्थिक विकासका लागि लघुवित्तका वैकल्पिक पद्धतीहरु’ विषयक क्षेत्रीय कार्यशाला गोष्ठी आयोजना गरिएको छ । स्रोत विकास केन्द्र र इनाफि नेपालको संयुक्त आयोजनामा उक्त कार्यशाला गोष्ठी . . .


विराटनगरमा प्रहरी दिवस मनाइयो

विराटनगर, ३० असोज । पुर्व क्षेत्रको शान्ति सुरक्षाको स्थिति विगतका वर्षहरुमा भन्दा यस वर्ष तलनात्मक रुपमा सन्तोषजनक रहेको पुर्व क्षेत्रीय प्रशासक धरणीधर खतिवडाले बताएका छन् । ५६औं प्रहरी दिवसको अवसरमा पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका . . .


विराटनगरका होटलबाट आठ जोडी पक्राउ

विराटनगर, ३० असोज । मोरङ प्रहरीले विराटनगरका विभिन्न होटल र लजमा चेकजाँच गरेर आठ जोडी युवायुवतीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले टोलीले सोमबार विराटनगरका विभिन्न लज तथा होटलमा चेकजाँच गर्ने क्रममा आठ जोडी युवायुवती तथा होटल मालिकसमेत फेला पारेको हो । उनीहरुल. . .


दलितको समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड

विराटनगर, २९ असोज । दलितका मुद्दाहरूलाई सञ्चारमाध्यमले स्थान दिनुपर्ने विषयमा नेपाल पत्रकार महासंघ मोरङ र प्लान नेपालको सहयोग तथा रिडेफ नेपालको आयोजनामा आइतबार सञ्चारमाध्यममा दलित सवाल सम्वाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वक्ताहरूले समाजमा विद्यमान छुवाछुत, जातीय भेदभावलगायतका. . .